पाल्पा, पुस ११
पाल्पाकाे तानसेनमा हरेक शुक्रबार साप्ताहिक बजार लाग्ने भएकाे छ । युनाेप्स र तानसेन नगरपालिकाकाे आयोजनामा मखनटाेल (तेर्साे सडक) मा साप्ताहिक बजार लाग्ने भएकाे हाे ।
तानसेन नगरपालिका वडा नं. ४ का वडाध्यक्ष हेमन्तराज शाक्यले तानसेनका स्थानीय खानाका परिकारहरू साप्ताहिक बजारमा राखिने बताए । उनी भन्छन्, स्थानीय खानाका परिकारहरूका २४ स्टलहरू सहभागी हुनेछन् । हरेक हप्ता शुक्रबार दिउँसाे १ बजेदेखी महिलाहरूद्वारा बजारकाे व्यवस्थापन हुनेछ ।
महिला नेतृत्वकाे बजार, संयुक्त अर्थतन्त्रकाे अाधार भन्ने मूल नाराका साथ वडा नं. ४ सँग मिलेर मखनटाेल टाेल विकास संस्थाले महाेत्सवकाे अायाेजना गरेकाे हाे । यसलाइ युनाेस्प (सिट फर वाेमेन) ले सहजीकरण गरेकाे छ । बजारमा स्थानीय खानाका परिकारहरू बटुक, सेल, याेमरी, झिनिया, चुकाउनी लगायत स्थानीय खानाका स्टलहरू रहने बताइएकाे छ ।