latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

मंगलबारदेखि बगनासकाली–१ चिलाङ्दीमा पाल्पा महोत्सव सुरु भएको छ ।बगनासकाली गाउँपालिकाको प्रवद्दन र कुटुम्ब मिडिया नेटवर्क प्रालिको आयोजनामा १८ गतेसम्म  सञ्चालन हुने महोत्सवको एक कार्यक्रमकाबिच शुभारम्भ गरिएको हो ।

महोत्सवको मन्त्री परिषद्का अध्यक्ष एव पूर्व प्रधान न्यायधीस खिलराज रेग्मी शुभारम्भ गर्दै पाल्पा महोत्सवले स्थानीय लोपन्मुख कलासंस्कृति, कृषि उत्पादन, कृषि औजार, प्रचार–प्रसार तथा प्रवद्र्धन गर्न ठूलो सहयोग मिल्ने बताए ।

कार्यक्रमा बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरी प्रसाद पाठक, लुम्बिनी मेडिकल कलेजका अध्यक्ष गोपालबहादुर पोखरेलले सञ्चारक्षेत्रमा लागेका युवाहरुको जोस जागरका साथ फरक प्रकृतिको अभियानमा लागेर युवाहरुलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेको बताए ।

महोत्सवको शुभारम्भ संस्कृतिर देशप्रति केन्द्रित गतिविधिीमा केन्द्रित रहेको थियो । महोत्सवमा  भाषण भन्दा स्थानीय स्थानीय कलासंस्कृति झ्याउरे, सोरठी, रत्यौली, बालन, भजन, कौडा, मारुनी, लाखे, पञ्चेबाजा, लोपोन्मुख कुमाल, बोटे लगायतको कलासंस्कृति जर्गेना गर्ने प्रचार –प्रसार गर्ने मुख्य अभियान नै रहेको महोत्सव संयोजक नारायण न्यौपानेले बताए ।  महोत्सवमा १ सय ५० स्टल रहेका छन् भने १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र ३ करोड बरावरको कारोवार हुने अपेक्षा रहेको महोत्सवका सह–संयोजक यज्ञमुर्ति तिमिल्सेनाले बताए ।

महोत्सवमा स्थानीय घरेलु तथा कुटिर उद्योगबाट उत्पादित दुना टपरी, पाल्पा कारागारमा उत्पादन भएका बासका सरसमानहरु, स्थानीय कृषि औजार, बगनासकाली गाउँपालिका नौ वटै फरक –फरक प्रकृतिको कृषि उत्पादन प्रदर्शनीले महोत्सवलाई आर्कषण बनाएको छ । गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीको अध्यक्षतामा भएको महोत्सव मुल आयोजक समितिका सह–संयोजक यज्ञमुर्ति तिमिल्सेनाको स्वागत र महोत्सव मुल समितिका संयोजक नारायाण न्यौपानेको सञ्चालनमा भएको थियो । महोत्सव शुभारम्भअघि  विभिन्न समुहबाट बाजागाजा झाँकी सहित गाउँपालिकादेखी चिलाङ्दी चोकसम्म र्‍याली निकालिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय