latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

अर्न्तराष्ट्रिय आप्रवासन दिवस २०२४ को अवसरमा सुरक्षित आप्रवासन कार्यक्रम अन्तरगत वैदेशिक रोजगारीका क्रममा मृत्युवरण हुनु भएकाको सम्झनामा जिल्ला प्रशासन कार्यालय पाल्पामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, नगर उपप्रमुख प्रतिक्षा सिंजाली , जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृत रमा श्रेष्ठ, तानसेन नगरपालिका सामाजीक विकास अधिकृत भरत आचार्य, जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कर्मचारीहरु, सेवाग्राही लगाएत सुरक्षित आप्रवासन कार्यक्रमका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

तानसेन नगरपालिकाद्धारा सन्चालित सुरक्षित आप्रवासन कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक दिनेश घिमिरेले कार्यक्रमको बारेमा प्रष्ट पार्दै यस कार्यक्रमले वैदेशिक रोजगारीको क्षेत्रमा सम्बन्धित व्यक्तिहरुलाई जानकारी दिने, उनीहरुलाई सचेत गराउने र त्यहाँ जानुअघि आवश्यक तयारी गर्न प्रोत्साहित गर्ने ,वैदेशिक रोजगारीसँग सम्बन्धित महत्वपुर्ण जानकारी र सचेतना प्रदान गर्ने जस्ता क्रियाकलापहरु सन्चालन गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय