latest
नेशनल प्याथ ल्याब पाल्पामा सुरु, सुभारम्भको अबसरमा साउन महिना भरि छुट  ||    त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||   
आइतबार , साउन ३, २०८३
नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) पाल्पाको सातौं वार्षिक सम्मेलन महेन्द्रबोधी मा वि तानसेनका अंग्रेजी शिक्षक कमलराज बस्यालको अध्यक्षतामा ११ सदस्यीय नेल्टा पाल्पा जिल्ला कार्यसमितिको निर्बाचन गर्दै सम्पन्न भएको छ । तानसेनको जनता मा वि मा सम्पन्न कार्यक्रममा पाल्पाका विभिन्न विद्यालयका ९६ जना शिक्षकको उपस्थिति रहेको थियो ।
जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेल्टा लुम्बिनी प्रदेश समिति महासचिव भिमलाल सापकोटाले विद्यार्थी ब्यवहारसम्बन्धी अनुसन्धानमूलक कार्यपत्र पेश गर्नुभएको थियो । त्यस्तै नेल्टा पाल्पाका अध्यक्ष कमल राज बस्यालले अंग्रेजी भाषा शिक्षणमा डिजिटल प्रविधिको प्रयोगसम्बन्धी कार्यशाला प्रस्तुत गर्नुभयो । त्यसैगरी नेल्टा पाल्पाका निवर्तमान सचिव एवम दिब्य ज्योतिम ा वि का प्रधानाध्यापक लोकेन्द्र थापाले क्रियाकलापमा आधारित कार्यशाला सञ्चालन गर्नुभयो ।
कार्यक्रममा नेल्टा पाल्पाले शिक्षक तालिम कार्यशाला सञ्चालन, विज्ञ शिक्षकहरूबाट एसइइ पूरक परीक्षार्थीका लागि सहयोगी कक्षा सञ्चालन, शिक्षक तथा विद्यार्थीका लागि सहयोगी कक्षाहरू सञ्चालन, विभिन्न शिक्षण विधिमा आधारित कार्यशाला सञ्चालन, सम्मान तथा शुभकामना आदानप्रदानका कार्य गरेको प्रगति विवरण अध्यक्ष बस्यालले बताउनु भयो । अध्यक्ष बस्यालले वर्ष २०२५र२०२६ का लागि इङिलश एक्सेस माइक्रो स्कलरशिप कार्यक्रम तानसेनमा सञ्चालन हुने कार्यक्रम अगाडि बढाएकोमा नेल्टा केन्द्रिय समिति र रिलो अमेरिकी दुताबासलाई धन्यवाद दिनुभयो ।
  सम्मेलनबाट नेल्टा पाल्पाको अध्यक्षमा कमलराज बस्याल, उपाध्यक्ष हरिप्रसाद घिमिरे, सचिव अच्युतराज नेपाल, सहसचिव प्रेम कुमारी थापा, कोषाध्यक्ष खगेन्द्र बस्याल र सदस्यहरूमा गोपाल ढुंगाना, शंकर भट्टराई, मित्रलाल भट्टराई, झमानसिं ढेंगा, गितासरा गाहा र नेत्रप्रसाद न्यौपाने रहेको कार्यसमिति निर्बाचित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय