नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) पाल्पाको सातौं वार्षिक सम्मेलन महेन्द्रबोधी मा वि तानसेनका अंग्रेजी शिक्षक कमलराज बस्यालको अध्यक्षतामा ११ सदस्यीय नेल्टा पाल्पा जिल्ला कार्यसमितिको निर्बाचन गर्दै सम्पन्न भएको छ । तानसेनको जनता मा वि मा सम्पन्न कार्यक्रममा पाल्पाका विभिन्न विद्यालयका ९६ जना शिक्षकको उपस्थिति रहेको थियो ।
जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेल्टा लुम्बिनी प्रदेश समिति महासचिव भिमलाल सापकोटाले विद्यार्थी ब्यवहारसम्बन्धी अनुसन्धानमूलक कार्यपत्र पेश गर्नुभएको थियो । त्यस्तै नेल्टा पाल्पाका अध्यक्ष कमल राज बस्यालले अंग्रेजी भाषा शिक्षणमा डिजिटल प्रविधिको प्रयोगसम्बन्धी कार्यशाला प्रस्तुत गर्नुभयो । त्यसैगरी नेल्टा पाल्पाका निवर्तमान सचिव एवम दिब्य ज्योतिम ा वि का प्रधानाध्यापक लोकेन्द्र थापाले क्रियाकलापमा आधारित कार्यशाला सञ्चालन गर्नुभयो ।
कार्यक्रममा नेल्टा पाल्पाले शिक्षक तालिम कार्यशाला सञ्चालन, विज्ञ शिक्षकहरूबाट एसइइ पूरक परीक्षार्थीका लागि सहयोगी कक्षा सञ्चालन, शिक्षक तथा विद्यार्थीका लागि सहयोगी कक्षाहरू सञ्चालन, विभिन्न शिक्षण विधिमा आधारित कार्यशाला सञ्चालन, सम्मान तथा शुभकामना आदानप्रदानका कार्य गरेको प्रगति विवरण अध्यक्ष बस्यालले बताउनु भयो । अध्यक्ष बस्यालले वर्ष २०२५र२०२६ का लागि इङिलश एक्सेस माइक्रो स्कलरशिप कार्यक्रम तानसेनमा सञ्चालन हुने कार्यक्रम अगाडि बढाएकोमा नेल्टा केन्द्रिय समिति र रिलो अमेरिकी दुताबासलाई धन्यवाद दिनुभयो ।
सम्मेलनबाट नेल्टा पाल्पाको अध्यक्षमा कमलराज बस्याल, उपाध्यक्ष हरिप्रसाद घिमिरे, सचिव अच्युतराज नेपाल, सहसचिव प्रेम कुमारी थापा, कोषाध्यक्ष खगेन्द्र बस्याल र सदस्यहरूमा गोपाल ढुंगाना, शंकर भट्टराई, मित्रलाल भट्टराई, झमानसिं ढेंगा, गितासरा गाहा र नेत्रप्रसाद न्यौपाने रहेको कार्यसमिति निर्बाचित गरिएको छ ।