latest
नेशनल प्याथ ल्याब पाल्पामा सुरु, सुभारम्भको अबसरमा साउन महिना भरि छुट  ||    त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||   
सोमबार , साउन ४, २०८३

पाल्पा

जलवायु उत्थानशिल कार्य सुदृढीकरणकाे लागि सचेतनामूलक अभिमूखिकरण कार्यक्रम साेमवार रामपुरमा सम्पन्न भएकाे छ । गैरसरकारी संस्था महासंघ पाल्पाको आयाेजनामा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखिकरण प्रदान गरिएको हाे ।

कार्यक्रममा बाेल्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले जलवायु परिवर्तनका कारण मानव भविष्य नै संकटमा रहेकाे बताउनुभयो । उहाँले विश्व मै चुनाैतिकाे रुपमा रहेकाे जलवायु परिवर्तनकाे उत्थानशिलताकाे कार्यका लागि गम्भीरताका साथ लाग्न आवश्यक रहेकाे बताउनुभयो । विकास संगै विनास निम्त्याई जलवायुमा ठुलाे असर पुर्‍याएकाे भन्दै यसबाट नेपाल जस्तो देश बढी प्रभावित भएकाे उल्लेख गर्नुभयाे । प्रकृतिको अधिक दाेहन र कार्बन उत्सर्जनका कारण जलवायुमा आएको परिवर्तनले हरेक क्षेत्र र प्राकृतिक संरचनामा असर पुर्‍याएकाे बताउनुभयो । नगर प्रमुख थापाले जलवायु परिवर्तन उत्थानशिल कार्यका लागि हरेक स्थानीय तह र निकायले साेही अनुसारको नीति तथा कार्यक्रम एवं याेजना बनाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख बाल कुमारी थापाले चुनाैतिकाे रुपमा रहेकाे जलवायु परिवर्तनकाे उत्थानशिलाका लागि मानवीय व्यवहारमा परिवर्तन संगै सबै सचेत हुनु पर्ने आवश्यकता अैाँल्याउनुभयाे । उहाँले समयमै उत्थानशिल कार्य गर्न नसके मानव र पृथ्वीकाे भविष्य नै खतरामा पर्ने बताउनुभयो । गैरसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष भाेजराज तिमिल्सिनाले जलवायु परिवर्तन र यसकाे उत्थाशिलता कार्यका लागि साेही तरिकाकाे याेजना तय गरेर जानू पर्ने सुझाव दिनुभयो । देशभरका ७ सय ५३ वटा पालिका मध्ये १ सय ५१ वटा पालिका बढी प्रभावित हुने र त्यस मध्ये पाल्पाका ७ वटा पालिका पर्ने भएकाले पहिलो चरणमा अभिमुखिकरण कार्यक्रमकाे थालनी गरिएको बताउनुभयो ।

कार्यक्रममा प्रशिक्षक सागर भण्डारीले  जलवायु परिवर्तनको कारण , प्रभाव र असर ,गण्डकी  जलाधार र परिवर्तनको जाेखिम ,स्थानीय तह र जलवायु परिवर्तनकाे मुद्दा,उत्थानशिल कार्यका उपाय र प्रयास लगायतका विषयमा अभिमुखिकरण प्रदान गरिएको थियोे । नगरपालिकाकाे सभाहलमा भएकाे कार्यक्रम गैरसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष भाेजराज तिमिल्सिनाकाे अध्यक्षता नगर प्रमुख रमण बहादुर थापाकाे प्रमुख आतिथ्यता र गैरसरकारी संस्था महासंघ पाल्पाका सचिव ठाकुर पराजुलीकाे संचालनमा सम्पन्न भएकाे हाे । कार्यक्रममा रामपुर नगरपालिकाका जनप्रतिनिधि,विभिन्न संघसंस्थाका प्रमुख ,सामुदायिक वन र सराेकारवालाहरुकाे सहभगीता रहेकाे थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय