latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

पाल्पा

जलवायु उत्थानशिल कार्य सुदृढीकरणकाे लागि सचेतनामूलक अभिमूखिकरण कार्यक्रम साेमवार रामपुरमा सम्पन्न भएकाे छ । गैरसरकारी संस्था महासंघ पाल्पाको आयाेजनामा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखिकरण प्रदान गरिएको हाे ।

कार्यक्रममा बाेल्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले जलवायु परिवर्तनका कारण मानव भविष्य नै संकटमा रहेकाे बताउनुभयो । उहाँले विश्व मै चुनाैतिकाे रुपमा रहेकाे जलवायु परिवर्तनकाे उत्थानशिलताकाे कार्यका लागि गम्भीरताका साथ लाग्न आवश्यक रहेकाे बताउनुभयो । विकास संगै विनास निम्त्याई जलवायुमा ठुलाे असर पुर्‍याएकाे भन्दै यसबाट नेपाल जस्तो देश बढी प्रभावित भएकाे उल्लेख गर्नुभयाे । प्रकृतिको अधिक दाेहन र कार्बन उत्सर्जनका कारण जलवायुमा आएको परिवर्तनले हरेक क्षेत्र र प्राकृतिक संरचनामा असर पुर्‍याएकाे बताउनुभयो । नगर प्रमुख थापाले जलवायु परिवर्तन उत्थानशिल कार्यका लागि हरेक स्थानीय तह र निकायले साेही अनुसारको नीति तथा कार्यक्रम एवं याेजना बनाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख बाल कुमारी थापाले चुनाैतिकाे रुपमा रहेकाे जलवायु परिवर्तनकाे उत्थानशिलाका लागि मानवीय व्यवहारमा परिवर्तन संगै सबै सचेत हुनु पर्ने आवश्यकता अैाँल्याउनुभयाे । उहाँले समयमै उत्थानशिल कार्य गर्न नसके मानव र पृथ्वीकाे भविष्य नै खतरामा पर्ने बताउनुभयो । गैरसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष भाेजराज तिमिल्सिनाले जलवायु परिवर्तन र यसकाे उत्थाशिलता कार्यका लागि साेही तरिकाकाे याेजना तय गरेर जानू पर्ने सुझाव दिनुभयो । देशभरका ७ सय ५३ वटा पालिका मध्ये १ सय ५१ वटा पालिका बढी प्रभावित हुने र त्यस मध्ये पाल्पाका ७ वटा पालिका पर्ने भएकाले पहिलो चरणमा अभिमुखिकरण कार्यक्रमकाे थालनी गरिएको बताउनुभयो ।

कार्यक्रममा प्रशिक्षक सागर भण्डारीले  जलवायु परिवर्तनको कारण , प्रभाव र असर ,गण्डकी  जलाधार र परिवर्तनको जाेखिम ,स्थानीय तह र जलवायु परिवर्तनकाे मुद्दा,उत्थानशिल कार्यका उपाय र प्रयास लगायतका विषयमा अभिमुखिकरण प्रदान गरिएको थियोे । नगरपालिकाकाे सभाहलमा भएकाे कार्यक्रम गैरसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष भाेजराज तिमिल्सिनाकाे अध्यक्षता नगर प्रमुख रमण बहादुर थापाकाे प्रमुख आतिथ्यता र गैरसरकारी संस्था महासंघ पाल्पाका सचिव ठाकुर पराजुलीकाे संचालनमा सम्पन्न भएकाे हाे । कार्यक्रममा रामपुर नगरपालिकाका जनप्रतिनिधि,विभिन्न संघसंस्थाका प्रमुख ,सामुदायिक वन र सराेकारवालाहरुकाे सहभगीता रहेकाे थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय