latest
नेशनल प्याथ ल्याब पाल्पामा सुरु, सुभारम्भको अबसरमा साउन महिना भरि छुट  ||    त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||   
सोमबार , साउन ४, २०८३

तानसेन बजार क्षेत्रको विद्युत् आपूर्तिमा सहज बनाउनका सिटी फिडरको शुभारम्भ गरिएको छ । नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले तानसेन १, बराङ्दीमा फिडरकाे व्यवस्था गरिएकाे हाे ।

लुम्बिनी प्रदेश सांसद वीरबहादुर राना र तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले संयुक्त रुपमा तानसेन नगरपालिका–१ बराङ्दीमा राखिएको मुख्य ट्रान्फर्मरबाट स्वीच अन गरेर विद्युत् फिडरबाट सेवाको शुभारम्भ गर्नु भएको हो । सेवा सुरु भएसंगै बजार क्षेत्रमा लाइन जाने समस्याको अन्त्य भएको छ ।

ग्रामीण क्षेत्रमा हावा, हुरी र अन्य कारणले विद्युत अवरुद्ध हुँदा तानसेन बजारको लाइन अवरुद्ध हुँदै अवस्था रहेकोले समस्या समाधानका लागि सिटी फिडर जडान गरी बजार क्षेत्रको विद्युत् आपूर्ति सहज बनाइएको केन्द्रका प्रमुख दिलिप मरासिनीले बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रको लाईन र बजार क्षेत्रका केही टोलहरुमा सप्लाई हुने विद्युत एउटै फिडरबाट आपूर्ति हुँदा बजार क्षेत्रको विद्युत् आपूर्ति असहज हुने गरेकोमा आगामी दिनमा बजार क्षेत्रको विद्युत् आपूर्ति सहज हुने बताउनुभयो ।

केन्द्रले अब गाउँतिरको विद्युतमा कतै समस्या भए पनि बजार क्षेत्र अन्धकारमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय