तानसेन नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सरफ बनाउने तालिम प्रदान गरेको छ । नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई ३३ औ अन्तरास्ट्रिय अपांगता दिवसको अवसरमा तिनदिने सिपमुलक कार्यक्रमकाे माध्यमबाट स्वराेजगार बनाउन तालिम प्रदान गरेकाे हाे ।

तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तालिमकाे माध्यमबाट अपाङ्गता भएका व्यक्तिहरूलाई सीपमूलक शिक्षा प्रदान गरी आर्थिक रूपमा सक्षम बनाउन तालिम प्रदान गरिएकाे बताए । उनले अपांगता भएका व्यक्तिहरूलाई आत्मनिर्भरता बनाउन, समुदायमा उनीहरूको स्थान बलियो बनाउन र समावेशी समाज निर्माणमा टेवा पुर्‍याउने बताए । नगरपालिकाका उप प्रमुख प्रतिक्षा सिङ्जालीले  अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न नगरपालिकाले यस्ता प्रयासलाई निरन्तरता दिने भन्दै आर्थिक आत्मनिर्भरता सुनिश्चित गर्न ठूलो भूमिका तालिमले खेल्ने बताइन् ।

तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले सरफ उत्पादन जस्तो व्यावसायिक सिपले घरायसी आवश्यकतामा सहजीकरण गर्दै आर्थिक उपार्जनका लागि पनि मार्ग प्रशस्त गर्ने बताए । यस प्रकारका कार्यक्रमहरूलाई उच्च प्राथमिकता दिएको छ र आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरूका लागि थप सशक्तिकरणका गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। मेहनत, सीप र आत्मविश्वासले जीवनमा सकारात्मक परिवर्तन ल्याउने हुदा तालिममा सिकेका कुरालाई व्यवहारिकता प्रदान गर्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय