latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

तानसेन नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सरफ बनाउने तालिम प्रदान गरेको छ । नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई ३३ औ अन्तरास्ट्रिय अपांगता दिवसको अवसरमा तिनदिने सिपमुलक कार्यक्रमकाे माध्यमबाट स्वराेजगार बनाउन तालिम प्रदान गरेकाे हाे ।

तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तालिमकाे माध्यमबाट अपाङ्गता भएका व्यक्तिहरूलाई सीपमूलक शिक्षा प्रदान गरी आर्थिक रूपमा सक्षम बनाउन तालिम प्रदान गरिएकाे बताए । उनले अपांगता भएका व्यक्तिहरूलाई आत्मनिर्भरता बनाउन, समुदायमा उनीहरूको स्थान बलियो बनाउन र समावेशी समाज निर्माणमा टेवा पुर्‍याउने बताए । नगरपालिकाका उप प्रमुख प्रतिक्षा सिङ्जालीले  अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न नगरपालिकाले यस्ता प्रयासलाई निरन्तरता दिने भन्दै आर्थिक आत्मनिर्भरता सुनिश्चित गर्न ठूलो भूमिका तालिमले खेल्ने बताइन् ।

तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले सरफ उत्पादन जस्तो व्यावसायिक सिपले घरायसी आवश्यकतामा सहजीकरण गर्दै आर्थिक उपार्जनका लागि पनि मार्ग प्रशस्त गर्ने बताए । यस प्रकारका कार्यक्रमहरूलाई उच्च प्राथमिकता दिएको छ र आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरूका लागि थप सशक्तिकरणका गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। मेहनत, सीप र आत्मविश्वासले जीवनमा सकारात्मक परिवर्तन ल्याउने हुदा तालिममा सिकेका कुरालाई व्यवहारिकता प्रदान गर्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय