latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा, मंसिर २०

तानसेनको टक्सार टोलमा चौथो यःमरी महोत्सब हुने भएको छ । मैत्री क्लब तानसेनको आयोजनामा मंसिर २२ गते शनिबार चौथो यःमरी महोत्सब तथा फुड फेस्टिबल हुने भएको हो । बिहीबार तानसेनमा पत्रकार सम्मेलन गरेर “हाम्रो कला, संस्कृती र संम्पदाको संरक्षण एवं सम्वद्र्धन गर्नु हामी सबैको दायित्व हो ।” भन्ने नाराका साथ यःमरी महोत्सब गर्न लागिएको मैत्री क्लबका अध्यक्ष मनिता शाक्यले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा तानसेन ३ का वार्ड अध्यक्ष बाबुरत्न शाक्यले कला, संस्कृती, परम्पराको धनी रहेको तानसेन ३ मा नेवारी समुदायको बाक्लो बस्ती रहेकाले बिगत देखि नै वार्ड कार्यालयले महोत्सबलाई सहयोग गर्दै आएको बताउनुभयो । उहाँले वडाले दिने सहयोग रकमलाई बर्षेनी बढाउदै लैजाने बचन दिनुभयो । मैत्री क्लबका पूर्व अध्यक्ष मनिन्द्रप्रसाद बज्राचार्यले पत्रकार मार्फत छिटो आम नागरिकमा सन्देश जाने भएकाले सबैलाई खबर गर्नका लागि पत्रकार सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले यो महोत्सबलाई टक्सारमा मात्र सिमित नराखी तानसेन र जिल्लाब्यापी रुपमा महोत्सब गर्न सुझाब दिनुभयो । उहाँले त्यसको नेतृत्व वार्ड नम्बर ३ ले लिनु पर्ने बताउनुभयो ।

मैत्री क्लबले २०७६ सालदेखी यःमरी महोत्सब गर्दै आएको छ । नेवारी भाषामा यो भनेको मनपर्ने र मरी भनेको रोटी हो । त्यसैले यःमरी नेवारी समुदायमा प्रख्यात परिकारको रुपमा लिने गरिन्छ । महोत्सबमा यःमरी का साथै अन्य नेवारी परिकारको स्वाद लिन पाईने आयोजकले जनाएको छ ।

दिउसो १ बजेबाट सुरुहुने यःमरी महोत्सबमा २३ वटा स्टल हुने छन् । भने बेलुका संस्कृतीक कार्यक्रम समेत हुने आयोजक तथा प्रचार प्रसार संयोजक रिलनमान महर्जनले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय