latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

नेपाली कांग्रेस पाल्पाले एक सय दिने विशेष अभियान सुरु गरेकाे छ । केन्द्रिय सदस्य भरत कुमार शाहकाे प्रमुख अातित्थतामा कार्यक्रम अभियानकाे सुरू गरिएकाे हाे ।

कांग्रेसले १० वटै स्थानीय तहका ८१ वटै वडामा बैठक गरेर अभियान सञ्चालन गरिने कांग्रेस पाल्पाले जनाएकाे छ । विशेष अभियानमा पार्टीभित्रको आन्तरिक समस्या तथा राष्ट्रिय राजनीतिक परिस्थिति, सत्ता सञ्चालन लगायतका विषयमा केन्द्रित गतिविधि अभियानमा गरिनेछ । पार्टीले लिएका मुख्य एजेन्डा, महासमितिबाट पारित दस्ताबेज, समस्या समाधानको पहल, संविधान संशोधनको विषय लगायतबारे अभियानमा छलफल हुने काँग्रेसले जनाएको छ ।

अभियानले कांग्रेसलाइ रूपान्तरण गर्न मद्दत गर्ने भन्दै कांग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले व्यक्तिवादी चरित्रले समाज निर्माण हुन नसक्ने भएकाेले समाजका लागि याेगदान दिने व्यक्तिकाे खाँचाे परेकाे बताए । अभियानका क्रममा कांग्रेसले पाल्पामा पत्रकारहरूसँग बैठक तथा कार्यसमिति, सल्लाहकार, महाधिवेशन/महासमिति सदस्यहरू, संगठन विभाग प्रमुखहरूलाइ राखेर प्रशिक्षण गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय