नेपाली कांग्रेस पाल्पाले एक सय दिने विशेष अभियान सुरु गरेकाे छ । केन्द्रिय सदस्य भरत कुमार शाहकाे प्रमुख अातित्थतामा कार्यक्रम अभियानकाे सुरू गरिएकाे हाे ।
कांग्रेसले १० वटै स्थानीय तहका ८१ वटै वडामा बैठक गरेर अभियान सञ्चालन गरिने कांग्रेस पाल्पाले जनाएकाे छ । विशेष अभियानमा पार्टीभित्रको आन्तरिक समस्या तथा राष्ट्रिय राजनीतिक परिस्थिति, सत्ता सञ्चालन लगायतका विषयमा केन्द्रित गतिविधि अभियानमा गरिनेछ । पार्टीले लिएका मुख्य एजेन्डा, महासमितिबाट पारित दस्ताबेज, समस्या समाधानको पहल, संविधान संशोधनको विषय लगायतबारे अभियानमा छलफल हुने काँग्रेसले जनाएको छ ।
अभियानले कांग्रेसलाइ रूपान्तरण गर्न मद्दत गर्ने भन्दै कांग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले व्यक्तिवादी चरित्रले समाज निर्माण हुन नसक्ने भएकाेले समाजका लागि याेगदान दिने व्यक्तिकाे खाँचाे परेकाे बताए । अभियानका क्रममा कांग्रेसले पाल्पामा पत्रकारहरूसँग बैठक तथा कार्यसमिति, सल्लाहकार, महाधिवेशन/महासमिति सदस्यहरू, संगठन विभाग प्रमुखहरूलाइ राखेर प्रशिक्षण गरेकाे छ ।