latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), मङ्सिर १६

पाल्पा जिल्लामा यस वर्ष धान उत्पादन बढेको छ । धान उत्पादनमा बृद्धि आएपछि किसान उत्साहित छ । कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार यो वर्ष जिल्लामा ३६ हजार आठ सय मेट्रिक टन धान उत्पादन भएको छ ।
गतवर्ष यहाँ ३४ हजार सात सय ६२ धान उत्पादन भएकोमा यसवर्ष ३.६ प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोष चौधरीले जानकारी दिनुभयो । गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातको धान प्रयोग, अनुकूल मौसमका कारण धान उत्पादन बढेको प्रमुख चौधरीले बताउनुभयो ।
“जिल्लाका केही स्थानामा धान पसाउने बेला रोग, किराको समस्या देखिएपनि पाल्पा जिल्लाभर समग्रमा उत्पादन बढेको छ, किसानले उन्नत जातको वीउँको प्रयोग गर्नु, यसवर्ष प्रयाप्त सिंचाई, आधुनिक प्रविधिको प्रयोगका कारण धान उत्पादनमा बृद्धि आएको छ” प्रमुख चौधरीले भन्नुभयो ।
पाल्पामा यसवर्ष आठ हजार छ सय २० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको हो । गतवर्ष आठ हजार दुई सय हेक्टर क्षेत्रमा मात्र खेती गरिएको थियो । गाउँ–गाउँमा स्थानीय, प्रदेश तथा संघीय सरकारको सहयोगमा सिंचाई आयोजना कार्यक्रम परेपछि कुलो, नहर व्यवस्थित हुँदा धान लगाउने क्षेत्रफल बढ्न थालेको छ ।
सिंचाईको अभावमा बाँझो रहेका जग्गामा पछिल्लो समय सिंचाई सुबिधा पुगेपछि बारी तथा बाँझिएका जमिनमा पनि किसानले धान लगाउने गरेका छन् । धान खेतीका लागी मौसम राम्रो परेपछि उत्पादन बृद्धि भएको किसान सीता देवकोटा बताउनुहुन्छ ।
“धान रोपेदेखि नै वर्षा परिरहेकाले सिंचाई गर्न सजिलो भयो, वर्षदिनभर खाने अनाज राम्रो उत्पादन हुँदा खुशी लागेको छ, भकारीभरी धान भएपछि मन ढुक्क छ, कतै वीउँको समस्याले पसाउने बेला रोग, किरा देखिएपनि अधिकांश किसानले यसवर्ष अघिल्ला वर्षमा भन्दा धेरै धान स्याहार्नुभएको छ” उहाँले भन्नुभयो ।
जिल्लामा साबित्री, साँवा मन्सुली, रामधान, हाइब्रिड, उन्नत लगायतका धान चलनचल्तिमा छन् । स्थानीय सरकारले अनुदानमा उन्नत जातका गुणस्तरीय वीउँ उपलब्ध गराउन थालेपछि बिगतका वर्षमा भन्दा पछिल्ला वर्षमा उत्पादन क्रमिक रुपमा बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय