latest
नेशनल प्याथ ल्याब पाल्पामा सुरु, सुभारम्भको अबसरमा साउन महिना भरि छुट  ||    त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||   
मंगलबार , साउन ५, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), मङ्सिर १६

पाल्पा जिल्लामा यस वर्ष धान उत्पादन बढेको छ । धान उत्पादनमा बृद्धि आएपछि किसान उत्साहित छ । कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार यो वर्ष जिल्लामा ३६ हजार आठ सय मेट्रिक टन धान उत्पादन भएको छ ।
गतवर्ष यहाँ ३४ हजार सात सय ६२ धान उत्पादन भएकोमा यसवर्ष ३.६ प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोष चौधरीले जानकारी दिनुभयो । गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातको धान प्रयोग, अनुकूल मौसमका कारण धान उत्पादन बढेको प्रमुख चौधरीले बताउनुभयो ।
“जिल्लाका केही स्थानामा धान पसाउने बेला रोग, किराको समस्या देखिएपनि पाल्पा जिल्लाभर समग्रमा उत्पादन बढेको छ, किसानले उन्नत जातको वीउँको प्रयोग गर्नु, यसवर्ष प्रयाप्त सिंचाई, आधुनिक प्रविधिको प्रयोगका कारण धान उत्पादनमा बृद्धि आएको छ” प्रमुख चौधरीले भन्नुभयो ।
पाल्पामा यसवर्ष आठ हजार छ सय २० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको हो । गतवर्ष आठ हजार दुई सय हेक्टर क्षेत्रमा मात्र खेती गरिएको थियो । गाउँ–गाउँमा स्थानीय, प्रदेश तथा संघीय सरकारको सहयोगमा सिंचाई आयोजना कार्यक्रम परेपछि कुलो, नहर व्यवस्थित हुँदा धान लगाउने क्षेत्रफल बढ्न थालेको छ ।
सिंचाईको अभावमा बाँझो रहेका जग्गामा पछिल्लो समय सिंचाई सुबिधा पुगेपछि बारी तथा बाँझिएका जमिनमा पनि किसानले धान लगाउने गरेका छन् । धान खेतीका लागी मौसम राम्रो परेपछि उत्पादन बृद्धि भएको किसान सीता देवकोटा बताउनुहुन्छ ।
“धान रोपेदेखि नै वर्षा परिरहेकाले सिंचाई गर्न सजिलो भयो, वर्षदिनभर खाने अनाज राम्रो उत्पादन हुँदा खुशी लागेको छ, भकारीभरी धान भएपछि मन ढुक्क छ, कतै वीउँको समस्याले पसाउने बेला रोग, किरा देखिएपनि अधिकांश किसानले यसवर्ष अघिल्ला वर्षमा भन्दा धेरै धान स्याहार्नुभएको छ” उहाँले भन्नुभयो ।
जिल्लामा साबित्री, साँवा मन्सुली, रामधान, हाइब्रिड, उन्नत लगायतका धान चलनचल्तिमा छन् । स्थानीय सरकारले अनुदानमा उन्नत जातका गुणस्तरीय वीउँ उपलब्ध गराउन थालेपछि बिगतका वर्षमा भन्दा पछिल्ला वर्षमा उत्पादन क्रमिक रुपमा बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय