latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

नेपाल मेडिकल विद्यार्थी समाज (एनएमएसएस) ले पाल्पाका विभिन्न विद्यालयमा पुगेर एन्टिवायाेटिक औषधि प्रयाेगबारे जनचेतना जगाउन विद्यार्थी चेतना अभिवृद्दि कार्यक्रम सम्पन्न गरेका छन् । लुम्बिनी मेडिकल कलेज प्रभासमा अध्ययनरत मेडिकल विद्यार्थीहरूले पद्मपब्लिक नमुना मावि, न्यू हाेराइजन र सनराइज अंग्रेजी बाेर्डिङ स्कुलमा कार्यक्रम गरिएकाे हाे ।

मेडिकल विद्यार्थीहरूले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाइ औषधि खाने सहि तरिका, गलत तरिकाले गलत समय र मात्रामा खाँदा देखा पर्न सक्ने असर,  गलत विचारले खांदा र परिवारमा खुवाउदा हुने समस्याहरू बारे जानकारी प्रदान गरिएकाे  एनएमएसएस लुम्बिनीका सचिव किशाेर पराजुलीले बताए । उनी भन्छन्, विद्यार्थीहरू घरमा पुगेर अभिभावकलाइ पनि सहि र गलत अाैषधीबारे जानकारी दिन सकुन् भनेर विद्यालय शिक्षा कार्यक्रम गरिएकाे हाे ।

एन्टिमाइक्राेबियल प्रतिराेधबारे जानकारी दिएर विद्यालयमा विद्यार्थीहरूलाइ धेरै कुराहरूमा जानकारी दिएकाे पद्मपब्लिक माविका प्रधानाध्यापक सन्तबीर बरालले बताए । कार्यक्रममा प्रतिजैविक प्रतिराेधकाे कारण, समस्या र समाधानका उपायहरूका बारेमा जानकारी प्रदान गरिएकाे एनएमएसएस लुम्बिनीका पूर्व अध्यक्ष पवन भुषालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय