latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

रामचन्द्र नेपाल
तानसेन नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा सम्पन्न हुने संझौता भैसकेका योजनाहरुलाई अझ प्रभावकारी बनाउन अभिमुखिकरण कार्यक्रम गरेको छ ।
यसै सन्र्दभमा गएको वुधवारका दिन तानसेन नगरपालिका वडा न १२ मा अभिमुखि कार्यक्रम भएको छ । कार्यक्रमको उद्घाटन गर्दै तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले योजनाहरुलाई अझ सजिलो रुपले सम्पन्न गर्नको लागि स्थानीय स्तरमै आएर अभिमुखिकरण दिईएको बताउनु भयो । उहाँले योजनाको लागि सानो काममा पनि तानसेन नगरपालिका जानु पर्ने अवस्थाको अत्य गर्दै पाचँ लाख सम्ममा सम्पन्न हुने योजनाहरुलाई वडाबाट नै सम्पन्न गराउने कार्यलाई अगाडि वढाईएको बताउनु भयो ।
सो अवसरमा तानसेन नगरपालिका वडा १२ का वडा अध्यक्ष मेजरसि केसीले योजनाहरु आफ्नै ठाउँमा भएको हुँनाले त्यसलाई राम्ररी गरेर विकासका कामहरुलाई अगाडि वढाउन सवै लाग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा योजना शाखा प्रमुख दुर्गाबहादुर थापा,आर्थिक प्रशासन शाखा प्रमुख कोशलराज घिमिरे,योजना तथा पूर्वाधार शाखा प्रमुख इन्जिनियर रामप्रसाद श्रेष्ठले आफना विषयगत जानकारी गराउदै कसरी सजिलो किसिमले काम गर्न सकिन्छ भनेर जानकारी गराउनु भएको थियो ।
कार्यक्रम वडा सचिव मन्जु आचार्यले चलाउनु भएको थियो । अभिमुखीकरण कार्यक्रममा करीव ८० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय