latest
रासायनिक मलको उपयोग शून्य बनाउँछाैंः लुम्बिनी प्रमुख सचिव अधिकारी  ||    पाल्पा जेसिजद्वारा छात्राहरुलाई महिनावारीका सामग्री हस्तान्तरण  ||    अडान पाल्पाकाे अध्यक्षमा राधेश्याम ज्ञवाली निर्वाचित  ||    त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका घर्ति मगर बिजयी  ||    पाल्पाका दुबै क्याम्पसमा स्वबियु निर्वाचन शान्तिपूर्ण  ||    स्ववियु निर्वाचन लोकतान्त्रिक चुनावी अभ्यास होः कसम (शहिद क्याम्पस नेविसंघ उम्मेदवार)  ||    देशकै जेठाे क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन माहाेल तात्याे  ||    क्याम्पसकाे साख जाेगाउन प्रतिबद्द रहनेछाैंः नेविसंघ सभापति उम्मेदवार अर्याल  ||   
सोमबार , चैत्र १०, २०८१

रामचन्द्र नेपाल
तानसेन नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा सम्पन्न हुने संझौता भैसकेका योजनाहरुलाई अझ प्रभावकारी बनाउन अभिमुखिकरण कार्यक्रम गरेको छ ।
यसै सन्र्दभमा गएको वुधवारका दिन तानसेन नगरपालिका वडा न १२ मा अभिमुखि कार्यक्रम भएको छ । कार्यक्रमको उद्घाटन गर्दै तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले योजनाहरुलाई अझ सजिलो रुपले सम्पन्न गर्नको लागि स्थानीय स्तरमै आएर अभिमुखिकरण दिईएको बताउनु भयो । उहाँले योजनाको लागि सानो काममा पनि तानसेन नगरपालिका जानु पर्ने अवस्थाको अत्य गर्दै पाचँ लाख सम्ममा सम्पन्न हुने योजनाहरुलाई वडाबाट नै सम्पन्न गराउने कार्यलाई अगाडि वढाईएको बताउनु भयो ।
सो अवसरमा तानसेन नगरपालिका वडा १२ का वडा अध्यक्ष मेजरसि केसीले योजनाहरु आफ्नै ठाउँमा भएको हुँनाले त्यसलाई राम्ररी गरेर विकासका कामहरुलाई अगाडि वढाउन सवै लाग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा योजना शाखा प्रमुख दुर्गाबहादुर थापा,आर्थिक प्रशासन शाखा प्रमुख कोशलराज घिमिरे,योजना तथा पूर्वाधार शाखा प्रमुख इन्जिनियर रामप्रसाद श्रेष्ठले आफना विषयगत जानकारी गराउदै कसरी सजिलो किसिमले काम गर्न सकिन्छ भनेर जानकारी गराउनु भएको थियो ।
कार्यक्रम वडा सचिव मन्जु आचार्यले चलाउनु भएको थियो । अभिमुखीकरण कार्यक्रममा करीव ८० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय