latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, मंसिर ६

पाल्पा जिल्ला सदरमुकाम तानसेनबाट राजधानी काठमाण्डाैं पुग्नका लागि सुविधायुक्त बसहरू थपिएका छन् । पछिल्लाे समय सिएन ग्रुपले पाल्पा दरबार  रात्रीकालिन सोफा सिटर बस सञ्चालनमा ल्याएकाे छ ।

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. ले यात्रुको सुविधा र सेवालाई मध्यनजर गरी पाल्पामा सोफा सिटर बस थप्दै लगेकाे हाे । राती ७ः३० बजे पाल्पाबाट र काठमाण्डाैंबाट पनि साेही समयमा छुट्नेगरी रात्रीकालिन सोफा सिटर बस सञ्चालनमा ल्याइएको प्रा.लि.का प्रमुख डोलराज भट्टराईले बताए ।

४ वटा बस सञ्चालन हुँदैं आएकोमा बुधबारदेखि रामजी ढुंगाना र विकाश भट्टराईले ३ वटा बस सञ्चालनमा ल्याएका छन् । झण्डै तीन कराेड खर्चेर बस सञ्चालनमा ल्याइएकाे सञ्चालक विकास भट्टराइले बताए । पाल्पा दरबार नाम रहेको नयाँ बसमा आरामदायी सोफा सिट, ब्लाङ्केट, फ्रि वाइफाई, जि.पि.एस., ए.सी., सी.सी. क्यामेरा, चार्जर र पानीको सुविधा रहेको छ । विगतमा सुविधाजनक बसमा यात्रा गर्न बुटवल जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै पाल्पाबाट नै काठमाडौं यात्राको लागी रात्रीकालिन बस सेवा सञ्चालन गरिएको सि.एन. ग्रुपका रामजी ढुंगानाले बताए ।

पाल्पादेखि काठमाडौंको सडक निकै जिर्ण भएता पनि जोखिम मोलेर नै ठूलो लगानीना बस सेवा सञ्चालनमा ल्याइएको अर्का व्यवसायी विकाश भट्टराईले बताए । सुविधाजनक बस सञ्चालनमा आएपछि पहिले चलेका रात्रीकालिन बसहरु धमाधम विस्थापित हुँदै गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय