latest
नेशनल प्याथ ल्याब पाल्पामा सुरु, सुभारम्भको अबसरमा साउन महिना भरि छुट  ||    त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||   
मंगलबार , साउन ५, २०८३

–सुशीला रेग्मी
रामपुर (पाल्पा),  मङ्सिर ६

खेतबारीमा लगाइएका तरकारी बालीमा झुसिल कीराको प्रकोप देखिएको छ । रामपुरका खेतबारीमा हुर्कदै गरेको काउली, बन्दा, साग, मुला जस्ता बालीमा झुसिल कीराको प्रकोप बढी देखिएको छ ।

बोटमा बसेर कीराले पात खाने, काट्ने गरेर बालीलाई नोक्सान पार्ने गरेको रामपुर नगरपालिका ६ प्याक्लुक बस्ने अगुवा किसान राधिका बस्यालले बताउनुभयो । उहाँले बारीमा लगाएको काउली खेतीमा झुसिल कीराको प्रकोपले सताएको जनाउनुभयो ।
“काउलीका बोट असाध्यै राम्रा छन्, बारीमा सप्रदै गरेका, अब फल लाग्ने तयारीमा रहेका बोटमा झुसिल कीरा लागेर समस्यामा छौँ, बारीमा बसेर कीरा मार्ने गरिएपनि निर्मुल हुन सकेको छैन” उहाँले भन्नुभयो ।
रामपुर ५ स्थित राङभाङमा टिकीसरा गौतमको काउली बालीमा झुसिल कीराले आक्रमण गरेको छ । व्यावसायिक उत्पादनका लागि लगाइएको हुँदा कीरा लागेपछि किसानलाई उत्पादनको पिरलो थपिएको उहाँ बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “बोट असाध्यै राम्रो छ, कीरा आक्रमण गर्दा उत्पादन घट्छ कि भन्ने चिन्ता थपिने, बोटमा लागेका कीरा फुर्सदको समय मिलाएर हटाउने गरेका छौँ, कीरालाई झट्ट नियन्त्रणमा ल्याउन समय लाग्ने रहेछ” ।
झुसिल कीराको प्रकोप फैलिएपछि रामपुर नगरपालिका कृषि शाखाले स्थलगत निरिक्षण पश्चात् किसानलाई निःशूल्क रुपमा विषादी वितरण गरेको शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिनुभयो । बेमौसमी समयमा लगाइएका तरकारी बालीमा झुसिल कीराले अति मन पराउने गर्छ र यसले पात खाने, काट्ने समस्याले बालीलाई नोक्सान बनाउने उहाँ बताउनुहन्छ ।
उहाँकाअनुसार इनामेक्टिन इन्जाइम बेन्जोइड नामक विषादी छर्न किसानलाई सुझाव दिइएको छ । रामपुरमा लगाइएका सबैजसो तरकारी खेतीमा झुसिल कीराको प्रकोप देखिएको शाखा प्रमुख गैरेले बताउनुभयो । यस क्षेत्रमा बिशेषगरी काउली, बन्दा, साग, मुला लगायतका बालीमा कीराले सताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय