latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा साहित्य समाजले आफ्नो ३० ओैं वार्षिक दिवस समारोहको अवसरमा कलाकारलाई सम्मान गरेको छ । सम्मानित हुने व्यक्तित्वहरूमा कलाकार महेश देउराली , केशव लाल बज्राचार्य , बुद्धरत्न शाक्य र सुदन शाक्य रहनु भएको छ । उहाँहरूले छोकडा नाच, बौद्ध भजन, गीत , संगीत, गायन एवं प्रशिक्षणको क्षेत्रमा लामो समयदेखि पाल्पाको तानसेनमै बसी योगदान पुर्याउनु भएको छ ।

पाल्पा साहित्य समाजले यसवर्षको छविलाल नेपाल पाल्पाली प्रतिभा पुरस्कार साहित्यकार डिल्लीराज अर्याल , अथक रेग्मी साहित्य पुरस्कार मरणोपरान्त स्व. कालुमान अमात्य , भैरव तुल्सी सिंह स्मृति पुरस्कार साहित्यकार शान्ता शाक्यलाई प्रदान गरी पुरस्कृत गरेको छ । यस वर्षको राधाइन्द्र समाजसेवा सम्मान समाजसेवी नीलम गोङ्गल श्रेष्ठलाई प्रदान गरेको छ भने कार्यक्रममा पुरस्कृत एवं सम्मानित व्यक्तिहरूमाथि प्रकाश सदस्य कमल अर्यालद्वारा गरिएको  थियो । पाल्पाली आदिकवि छविलाल नेपालको १७५ ओैं र शास्त्रकवि माधव प्रसाद देवकोटाको १२१ ओैं जन्म जयन्ती  पाल्पा साहित्य समाज समाजको ३०ओैं वार्षिक दिवस समारोहको अवसरमा सम्पन्न गरेको हो।   वार्षिक दिवस समारोहमा प्रमुख अतिथि विश्व हिन्दू महासंघका वरिष्ठ राष्ट्रिय उपाध्यक्ष वेन बहादुर पौडेल क्षेत्रीले ” पाल्पा साहित्य समाजले निरन्तर र नियमित रूपमा गर्दै आएका साहित्यिक कार्यक्रमहरू सबैका लागि उदाहरणीय छन् ” भनी बताउनु भयो ।

युवा अभियन्ता केशव बस्याल,पोखराथोक साहित्य संगमको उपाध्यक्ष जानका नेपाल, कलाकार केशब लाल बज्राचार्य ,बुद्धरत्न शाक्य ,पुरस्कृत व्यक्तित्व डिल्लीराज अर्याल , पत्रकार सेनानी मेघराज शर्मा ,संरक्षक राजेन्द्र गोपाल सिंह, विशिष्ट अतिथि लेखक साहित्यकार भागवत खनालद्वारा शुभकामना व्यक्त गरिएको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता, सल्लाहकार चित्रवलीराम सुवालको स्वागत र सचिव सविता भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय