पाल्पा, २८ कात्र्तिक
संघिय सरकारका भुमी ब्यबस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले गरेका राम्रो कामको प्रचार नभएको बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले बुधबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले आफु मन्त्री भएपछि धेरै ठाँउ मिचिएको सार्वजनीक सम्पत्ति सरकारको मातहतमा ल्याएको बताएका हुन् ।
मन्त्री अधिकारीले सहकारीमा बचत गरेका ६ हजार बढी सहकारी बचतकर्ताको रकम फिर्ता भएको बताए । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले बाँकी बचतकर्ताको बचत पनि सहकारी र संलग्न ब्यक्तिहरुको सम्पत्तिबाटै फिर्ता हुने बताएका हुन् । उनले सहकारीको रकम हिनामिना गर्ने ब्यक्तिको एकाघरको सम्पत्ति र पासपोर्ट समेत सरकारले रोक्का गर्ने बताए ।
मन्त्री अधिकारीले २०७४ सालमा लागु भएको सहकारी ऐनलाई तत्काल संसोधन गर्न जरुरी भएको बताउदै,सहकारी प्रति आम नागरिकको बितृष्णा बढेकाले केही सहकारीले मापडण्ड बिपरीत बदमासी गरे भन्दैमा सबैलाई एउटै भनेर भन्नु गलत हुने बताए । स्थानीय, प्रदेश र संघिय सरकारले आ आफ्नो क्षेत्राधिकार भित्र रहेका सहकारीलाई नियमन गर्नुपर्ने बताउदै उहाँले सरकारले २२ बटा सहकारीलाई समस्या ग्रस्त सहकारीको रुपमा मूल्याड्ढन गरेको बताए ।
“स्थानीय र प्रदेशमा दर्ता भएका सहकारी संघिय सरकारलाई थाहा नहुने हुँदा त्यसको बिबरण संघिय सरकारले माग गरेको छ ।” मन्त्री अधिकारीले भने ।
फरक प्रसंङ्गमा बोल्दै मन्त्री अधिकारीले सरकार परिवर्तन आजै हुन्छ । भोलीनै हुन्छ । भन्ने हल्लाले कर्मचारीहरुले काम नगर्ने परिपाठीको बिकास भएकाले त्यसमा कुनै सत्यता नभएको बताए । सामाजिक संजालले स साना बिषयमा समेत हल्ला हुने परिपाठीले आम नागरिकलाई खल र सरकार प्रति बितृष्णा उत्पन्न भएको बताउदै एकदुई सय बर्ष पहिलानै बिकास गरेका देशसंग हाम्रो तुलना गर्न नहुने बताउदै नेपालमा ६२÷६३ सालपछि बल्ला जनताले आफ्नो माग अनुसार बिकास सुरु भएको बताए ।
पत्रकारहरुले राखेको जिज्ञासामा बोल्दै भुमी ब्यबस्था,सहकारी तथा गरिबी निवारण मन्त्री अधिकारीले यो सरकार झण्डै दुई तिहाईको भएपनि कतिपय समस्या कानुनमा रहेकाले त्यसलाई संशोधन गर्नुपर्ने अवस्था रहेको बताए । कानुन निमार्ण गर्ने लामो प्रकृया भएकाले सोचे अनुसार छिटो काम गर्न नसकिएको उनको धारणा थियो ।