latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, १३ कार्तिक

सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पाको रम्भा–३, अगाँहाखोलामा दुई ट्रक एक आपसमा ठोक्किदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका–३,पाल्पाका २३ वर्षीय भुवनसिंह राना रहेको प्रहरीले जनाएको छ । त्यस्तै सहचालक स्याङ्गजा वालिङ्ग १० का सन्जित खवास थापा घाइते हुनुभएको छ ।

गए राती करिब ११ बजेको समयमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्रकको ब्रेक फेल भई सोही दिशातर्फ गइरहेको ना १ क ७१२१ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी लु १ ख ९३५१ नम्बरको ट्रक चालक रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । रानाको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो । घाईते हुने ना १ क ७१२१ नम्बरको ट्रकका सहचालक हुन ।
घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय