
पाल्पाको तानसेन नगरपालिका वडा न ११ बडरबोटका स्थानीयको घरमा पानी आएपछि खुसी भएका हुन् ।
स्थानीय संगिता भाट सोही स्थानकि स्थानीय हुनुहुन्छ । बर्षातको समयमा नजिक खानेपानीको स्त्रोत नहुँदा डोको बोकेर पानी लिन जाँनुपर्ने उहाको बाध्यता रहेको थियो । अहिले नगरपालिका,वडाले घर घरमै पानी ल्याए पछि खुसिको बताउनुभयो । भाटले भन्नुभयो “अहिले घरमै सफा खानेपानी पिउन पाउदा निकै खुसी लागेको छ, बच्चालाई समयमै स्कुल पठाउन पाइएको थिएन ,सन्चो नहुदा पनि पानीकै समस्या हुन्थ्यो अब घरमै पानी आएपछि बच्चाले पनि पानी भर्न सक्छन् । ”यस्ले समयको पनि बचत भएको छ । उहाले बताउनुभयो ।



संगिता भाटको जस्तै अन्य धेरै जनाले पानी लिन घण्टौँ धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । गार्गी लिफ्ट खानेपानी योजना सम्पन्न भएपछि स्थानीयको पानी बोक्नुपर्ने समस्याको समाधान भएको हो । आयोजनाले घरघरै धारा जडान गरेपछि वर्षामा धमिलो पानी खाने तथा गाग्रीमा पानी बोक्नु पर्ने बाध्यता हटेपछि गाउँले खुसी भएका छन् ।
तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले गार्गी खानेपानीको उद्घाटन गर्दै नेपाल सरकार एक घर एक धारा लक्ष्य भए अनुरुप यस वडामा खानेपानीको सुविधा पुर्याउन सक्दा खुसी लागेको बताउनुभयो । नगरपालिका भित्रका सबै वडाका नागरिकलाई स्वच्छ र सफा खानेपानी पुर्याउन नगरपालिकाले विभिन्न निकाय र सरकारसँग समन्वय गरेर योजना अगाडि बढाइरहको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । विगतको समयमा तानसेनको शहरी क्षेत्रमा खानेपानी समस्या रहेको थियो । अहिले नगरपालिकामा नयाँ नेतृत्व आए पछि तानसेन खानेपानी उपभोक्ता समितिसँग सहकार्य गरि तानसेनको बजारी क्षेत्र र सँगै जोडिएका केही ग्रामीण वडाहरूमा पानीको सहज उपलब्ध गराउन सकिएको बताउनुभयो । नगरपालिकाले नेपाल सरकारको एक घर एक धारा लक्ष्य अनुरूप नगरका १४ वटै वडामा सहज रूपमा खानेपानी उपलब्ध गराउने गरि काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाका उप प्रमुख प्रतिक्षा गाहा सिङ्जालीले मानिसको जीवनसँग सम्बन्धित रहेको
गार्गी लिफ्ट खानेपानी योजना सम्पन्न भएपछि स्थानीयको लाभान्वित बनाउन सफल भएको बताउनुभयो । तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले सबै घरमा मिटरसहितको निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको बताउनुभयो ’ उहाले भन्नुभयो’खानेपानीका लागि सार्वजनिक धारा, कुवा, पँधेरामा धाउँदा हुने समयको बचतका साथै सहज भएको बताउनुभयो । नगरपालिकाले अहिले ग्रामीण भेगका लिफ्टिङ्ग खानेपानी योजनामा सञ्चालनका लागि महसुसमा समेत छुट दिएको बताउनुभयो ।
खानेपानी उद्घाटन कार्यक्रममा तानसेन नगरपालिका ११ का वडाध्यक्ष यादव सिंह कार्कीले खानेपानीको समस्याले गर्दा विद्यालयमा पढ्न आउने विद्यार्थीलाई समेत प्रत्यक्ष प्रभाव परेकाले खानेपानी घरघरमा ल्याउन पाउँदा खुसी भएको बताउनुभयो । कार्कीले पानीको आपूर्ति सहज भएसँगै तरकारी खेती तथा पशुपालन गरी आम्दानी वृद्धि गर्न सकिने भएकाले यस तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । खानेपानी भाटेखोलाबाट ल्याइएको वडा सदस्य अमर बहादुर रानाले बताउनुभयो । लिफ्टमार्फत घरमै पानी आएपछि स्थानीय धेरै राहत हुने बताउनुभयो ।