latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, कार्तिक १

तानसेन खानेपानीकाे महसुल घटेकाे छ । कार्तिक १ गतेदेखि महसुल घटाइने तानसेन खानेपानी उपभाेक्ता समितिले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

समितिले ग्राहस्थ र गैर ग्राहस्थ (सरकारी कार्यालय, संघसंस्था, होटल व्यवसाय, विद्यालय) गरी दुई भागमा विभाजन गरी मूल्य समायोजन गरेको हाे । समितिका अध्यक्ष माेहन प्रसाद श्रेष्ठ भन्छन्, उपभोक्ताले खानेपानीको महसुल महँगो भएको, न्यूनतम मूल्य बढी भएको बताएका थिए, उपभोक्ताको माग अनुसार यस अघि कायम गरिएको मूल्यभन्दा कम बनाएर मूल्य समायोजन गरिएको हाे । ग्राहस्थतर्फ न्यूनतम एक हजार लिटरसम्म ३ सय रुपैयाँ कायम गरिएको छ । एक हजारदेखि १० हजार लिटरसम्म प्रतिहजार ३० रुपैयाँ, ११ हजार लिटरदेखि १५ हजार लिटरसम्म प्रतिहजार ८० रुपैयाँ मूल्य कायम गरिएको छ । यस्तै  १६ हजार लिटरदेखि २० हजार लिटरसम्म प्रतिहजार एक सय, २१ हजारदेखि ३० हजारसम्म प्रतिहजार २ सय, ३१ हजारदेखि ४० हजारसम्म प्रतिहजार २ सय ५० र ४१ हजार लिटरदेखि माथिका लागि प्रतिहजार लिटर ३ सय थप हुने छ ।

यस्तै समितिले गैर ग्राहस्थ (सरकारी कार्यालय, संघसंस्था, होटलव्यवसाय, विद्यालय) का लागि पहिलेको महसुलमा १० प्रतिशत घटाएको छ । जहाँ न्यूनतम  महसुल २ सय रहेको छ । समितिले एक हजार लिटरदेखि ५ हजार लिटरसम्मका लागि ५४ रुपैयाँ, एक हजारदेखि १० हजार लिटर सम्मका लागि ७२ रुपैयाँ, एक हजारदेखि १५ हजार लिटर सम्मका लागि ९० रुपैयाँ,एक  हजारदेखि २० हजार लिटर सम्मका लागि १ सय८ रुपैयाँ, एक हजारदेखि २५ हजार लिटर सम्मका लागि १ सय ३५, एक हजारदेखि ३० हजार लिटर सम्मका लागि १ सय ६२, एक हजार लिटरदेखि ५० हजार लिटर सम्मका लागि १ सय ८० र एक हजारदेखि ५१ हजार लिटर माथिको लागि २ सय २५ थप हुने गरि मूल्य समायोजन गरिएको छ । उपभोक्ताको हितलाई मध्यनजर गरी मूल्य समायोजन गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

उपभोक्ताबाट एक  हजार उठाएर उपभोक्ता कल्याणकोष स्थापना गरी उपभोक्ताकै हितका लागि  खर्च गर्नेनिर्णय समेत समितिले गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

खानेपानी महसुल समायोजनपछिको मूल्य 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय