latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा ,असोज २३

पाल्पामा शनिबार र बिदाको समयमा सरकारी सवारी दुरुपयोग हुने गरेको पाइएको छ । ब्यक्तिगत काम र घरयासी प्रयोजनमा समेत सरकारी सवारी प्रयोग हुने गुनासो बढेको छ ।
पाल्पाको रिब्दीकोट गाउँपालिकाले भने दशैँ बिदाको अवधिमा सरकारी सवारी साधन नचलाउने निर्णय गरेको छ । विजयी दशैँको बिदा अबधि र बिदा वा काजमा बसी कार्यालयमा ३ दिन भन्दा बढी समय अनुपस्थित हुने अवस्थामा कर्मचारी तथा जनप्रतिनिधिले सरकारी सवारी साधन सञ्चालन नगर्ने निर्णय भएको रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी गराउनुभयो ।

बिदा वा काजमा बसी कार्यालयमा ३ दिन भन्दा बढी समय अनुपस्थित हुने कर्मचारीहरु तथा जनप्रतिनिधिले आफ्नो जिम्मामा रहेको सवारी साधन कार्यालय परिसरमा व्यवस्थापन गर्नुपर्ने निर्णय गरेको रिब्दीकोट गाउँपालिका अध्यक्ष कार्कीले बताउनुभयो ।
रिब्दीकोट गाउँपालिकाभित्रका कर्मचारी तथा जनप्रतिनिधिले आफ्नो जिम्मामा रहेको सवारी साधनको साँचो जिन्सी शाखामा बुझाउनेपर्ने छ ।
सार्वजनिक विदाको दिनमा सरकारी साधन संचालन गर्नु परेमा जिल्ला प्रशासन कार्यालयको सवारी साधन संचालन अनुमति पत्र लिएर मात्र संचालन गर्ने तथा सो नियम पालना नगर्ने व्यक्तिलाई सवारी साधन सुविधा उपलब्ध नगराउने भनी निर्णय भएकोले प्रशासन शाखा प्रमुख रुकलाल भट्टराईले बताउनुभयो ।

यता जिल्ला प्रहरी कार्यालय पाल्पाले बिदाको समयमा सरकारी सवारी जिल्ला प्रशासनको पास बिना चलाएको पाइएमा करवाही हुने जनाएको छ । जसका लागि टा«फिक प्रहरीले हाइबे तथा भित्री सडकहरुमा समेत चेकिङ्गलाई बढाएको प्रहरी प्रमुख नरेन्द्र चन्दले बताउनुभयो ।
तस्बिर माधब अर्यालबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय