latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, असोज २३

पाल्पामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका–१, हाँगेपीपलका २२ वर्षीय नारायण उचई ठकुरी रहनुभएको छ । मोटरसाइकल चालक प्रविन उचई घाइते भएको प्रहरीले जनाएको छ ।

हिजो साँझ पौने ७ बजेतिर लु ३१ प ६५०७ नम्बरको मोटरसाइकलमा बुटवलबाट पाल्पातर्फ आउने क्रममा तानसेन–८, डुमे्रमा लु २ ख ४६३१ नम्बरको टिप्परलाई ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका थिए ।

ठकुरीका भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा आजबिहान मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्रविन उचइको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय