latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

पाल्पा, असाेज २१o

पाल्पा, रामपुर नगरपालिकाले प्लास्टिक मालालाई प्रतिबन्ध लगाउँदै कृषकले उत्पादन गरेको प्राकृतिक फूलमाला मात्र प्रयोग गर्न आग्रह गरेको छ । प्लास्टिक जन्य फूल तथा मालाले वातावरणीय प्रदुषण बढाउनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकुल असर गर्ने, स्थानीय कृषक बाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशी बाहिरिने भन्दै प्राकृतिक फूलमाला मात्र प्रयोग गर्न आग्रह गरेको हो ।

नेपालीहरुको महान पर्वहरुको पूर्व सन्ध्यामा आइतबार एक सूचना जारी गर्दै कृतिम फूल तथा माला प्रयोग नगर्न आग्रह गरेको हो । सूचनामा भनिएको छ, “नेपालीहरुको महान पर्व विजया दशमी, शुभदिपावली, नेपाल संवत छठ पर्व लगाएत विभिन्न महोत्सव तथा अन्य सभा समारोहमा प्लास्टिकजन्य फूलगुच्छा, माला लगाएतका सामग्रीको उत्पादन, आयात, विक्री वितरण र भण्डारण नगर्न नगराउनु हुनका लागि सम्बन्धित सम्पूर्णमा जानकारी गराईन्छ ।” साथै सूचना मार्फत नगर क्षेत्र भित्र उत्पादन भैरहेको सयपत्री, गोदावरी र मखमली लगाएतका फूलहरु एवं सो बाट बनेका मालाहरु मात्र प्रयोग गर्न अनुरोध गरिएको छ । आइतबार बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले जानकारी दिनुभयो । दशैं लगतै व्यवसायीहरुले तिहारलाई लक्ष्यित गरी प्लष्टिकका फूल तथा मालाहरु आयात गर्दा व्यवसायी समस्यामा पर्न सक्ने भएकाले कार्यपालिकाले चाँडै निर्णय गरिएको जानकारी दिनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितले कार्यापालिकाको निर्णयलाई पूर्ण रुपमा कार्यान्वयन गरिने बताउनुभयो । प्राकृतिक फूलको प्रवद्र्धन र स्वास्थ्यलाई ध्यानमा राख्दै प्लास्टिकजन्य फूल, माला उत्पादन, भण्डारण र बिक्री वितरण नगर्न आग्रह गरिएको रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले बताउनुभयो । अनुगमनको क्रममा बजारमा प्लास्टिकजन्य फूल तथा माला भेटिएमा कानुनी व्यवस्था अनुसार कारबाही समेत गर्ने बताउनुभयो ।

नगर प्रमुख रमण बहादुर थापाले स्थानीयस्तरमा फूल उत्पादनमा लागेका व्यवसायीलाई प्रोत्साहनसँगै प्लास्टिक सामग्रीलाई निरुत्साहित गर्न प्लास्टिकका मालालाई प्रयोग नगर्न आग्रह गरिएको बताउनुभयो । वातावरणीय रूपमा प्लास्टिक मालाले प्रदूषण गर्ने र स्थानीयस्तरमा कृषकले उत्पादन गरेका फूलले बजार नपाउने भएका कारण पालिकाले प्लास्टिक मालालाई प्रतिबन्ध गरेको बताउनुभयो ।

#Rampurserofero

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय