पाल्पा, असाेज १६

पाल्पाकाे तानसेन बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएकाे छ । नेपालीहरुको महान पर्व बडा दशै, शुभ दिपावली, नेपाल संवत, छठ पर्वहरु लाई लक्षित गरेर पाल्पामा यात्रुहरूकाे सहायताका लागि हेल्प डेस्क स्थापना गरिएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय पाल्पा, जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पा, सामुदायिक प्रहरी सेवा, यातयाता व्यवसायी कम्पनीहरुले संयुक्त रुपमा यात्रु सहायता कक्ष संचालन गरेका हुन् । जिल्लाका राजमार्ग क्षेत्रमा केन्द्रित गरेर तानसेनको बसपार्क, बरतुङ्ग, रामपुर र दोभानमा यात्रु सहायता कक्ष संचालन गरिएको र जिल्ला भित्रका सबै प्रहरी चौकीहरुमा पनि यात्रु सहयोग कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यात्रु सहायता कक्षको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले शुभारम्भ गर्दै यात्रुको चाहाना अनुसार समयमै सुरक्षित गन्तव्यको लागी कक्ष संचालन गरिएको बताए । सबै पक्षको सहयोग र सहकार्य बाट नै यात्रु सहायता कक्ष लाई व्यबस्थित, सुरक्षित, भरपर्दाे रुपमा संचालन गर्न सकिने प्रजिअ काफ्लेले जोड दिए । यात्रुहरुले पनि आफु माथी परेको अन्याय, अत्याचारको गलत काम कारवाहीका सूचना प्रहरी समक्ष  गुनासो गर्न, बढी भाडा, सवारी साधन, अत्याधिक भारवहन, तिव्र गति भएको अवस्थामा प्रहरी लाई खवर गर्न प्रजिअ काफ्लेले अनुरोध गरे । स सानो लापरवाही हेरचेक्रयाईको कारण नै ठुला ठुला घटना हुने भएकोले सही समयमा सही सूचना पाए जोखिम लाई न्युनिकरण गर्न सकिने प्रजिअ काफ्लले जोड दिए । यात्रु सहायता कक्षको छडके रुपमा विभिन्न पक्ष बाट अनुगमन समेत गरिने उनले जोड दिए ।

कार्यक्रममा तानसेन नगरपालिका वडा नंं ६ का वडा अध्यक्ष सागरमान महर्जनले विगतमा बसपार्कबासी कै अनुरोधमा यात्रु सहायता कक्ष संचालन भएकोले यसलाई व्यबस्थित रुपमा संचालनको लागी नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए । यात्रु ओहोर दोहोर गर्ने स्थान बसपार्कमा सि सि क्यामेराको व्यबस्था र सरसफाईमा वडा कार्यालयले ध्यान दिने वडा अध्यक्ष महर्जनले बताए । यात्रुहरुको सहजताको लागी जग्गाको व्यबस्थापन भए वडाले सार्वजनिक शौचालय निर्माणको लागी सहयोग गर्ने उनले बताए ।

नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मुक्ति न्यौपानेले प्रहरीले संचालन गरेको नागरिक सहायता कक्ष लाई नागरिक स्तरबाट पनि सहयोग हुनुपर्ने सबै स्थानीय सरकारले आ आफ्नो पालिका क्षेत्रमा पनि नागरिक सहायता कक्ष संचालन गर्नुपर्ने, ग्रामिण सडकहरु तत्काल सुधार हुनुपर्ने, चालक सहचालकहरु लाई जिम्मेवार बनाउनु पर्नेमा कुरामा जोड दिए ।

श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि.का अध्यक्ष डिल बहादुर ढुङ्गानाले चाडपर्वमा बढी एकहोरो तर्फका यात्रुहरु बढी हुने हुदा सवारी साधनको व्यबस्थापन गरी सुरक्षित यात्राको लागी कम्पनीले निरन्तर काम गर्दै आएको बताए ।  हरेक समयमा निजी  रातो प्लेटका सवारी साधनहरु नै यात्रु वाहक सवारी साधनको रुपमा व्यापक प्रयोग भएकोले नियन्त्रणको लागी प्रहरी प्रशासनले सहयोग गर्नुपर्नेमा अध्यक्ष ढुङ्गानाले जोड दिए ।  कार्यक्रममा ३० बर्ष देखी तानसेनमा नागरिक ट्राफिक प्रहरी भई निशुल्क सेवा गर्दै आएका टोप प्रसाद श्रेष्ठले अनुभवको आधारमा बनाएको यात्रु सुरक्षा कवजको बसपार्क व्यबस्थापन समितीका सचिव किरण चित्रकारले बाचन गरे । यात्रु, प्रहरी, सवारीधनी, चालक सहचालक, सरकारले गर्नुपर्ने जिम्मेवारी पालना गरेमा कुनै गुनासो नआउने कुरामा नागरिक ट्राफिक प्रहरी श्रेष्ठले जोड दिएका थिए । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक नरेन्द्र बहादुर चन्दको अध्यक्षता र प्रहरी निरिक्षक सन्दिप वेल्वासेको संचालनमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय