latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, असाेज १६

तानसेन खानेपानी उपभाेक्ता समितिकाे कार्यालय स्थापना गरिएकाे छ । तानसेन नगरपालिका वडा नं. ३ शितलपाटीमा कार्यालयसँगै काउन्टर सेवाकाे एक कार्यक्रमका बीच शुभारम्भ गरिएकाे हाे ।

घटस्थापनकाे शुभ साइतकाे समयमा नयाँ स्थानबाट प्रशासनिकसँगै पदाधिकारीहरूकाे कार्यकक्ष स्थापना गरिएकाे तानसेन खानेपानी उपभाेक्ता समितिका अध्यक्ष माेहन प्रसाद श्रेष्ठले बताए । उनी भन्छन्, पहिले साँघुराे भएकाे कार्यालयलाइ सेवा विस्तार गरिएकाे छ । हामीहरू पहिलाे चरणमा खानेपानीकाे अापूर्तीमा ध्यान दिँयाैं, कार्यसम्पादनमा समेत अप्ठ्याराे रहेकाे कुरालाइ सुधार गर्न नयाँ स्थानबाट सेवा दिन लागेका हाैं । हामीहरूले वार्षिक कार्ययाेजना बनाएर काम सुरू गरेका छाैं, साेही अनुसार काउन्टर सुधारसँगै डिजिटल सिस्टमबाट काम गर्न लागेकाे हाैं, अध्यक्ष श्रेष्ठले भने ।

बिहिबार भएकाे नयाँ कार्यालय स्थापना गर्ने कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख वसन्त घर्तीसँगै, लुम्बिनी प्रदेश सभा सदस्य (पूर्व मन्त्री) वीरबहादुर राना, जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूसँगै, प्रमुख जिल्ला अधिकारी सहितका व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।

तानसेनमा लामाे समयदेखी समस्याकाे रूपमा रहेकाे खानेपानी व्यवस्थापन नयाँ समिति अाएसँगै समाधानतर्फ उन्मुख छ । खानेपानी उपभाेक्ता समितिका अध्यक्ष श्रेष्ठले लामाे समयदेखीकाे अभावलाइ पुरा गर्दै यसकाे दीगाेपनाका लागि ध्यान दिएर खानेपानी अापूर्ती गर्ने र पानीकाे अभावमा यहाँका जनताले पूँजी, मानिस र बसाइ पलायन गर्ने अवस्था अाउन नदिने प्रतिवद्दता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय