latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

तानसेन, असोज १४

नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) पाल्पाको आयोजनामा शिक्षकहरुका लागि एक दिने विद्यार्थी केन्द्रित शिक्षण विधिको कक्षाकोठमा रुपान्तरण विषयक एक दिने कार्यशाला जनता मा. वि. तानसेनमा आज सम्पन्न भएको छ ।
पाल्पा जिललाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका जम्मा ६० जना शिक्षकहरु सहभागी यस कार्यशालामा क्षत्रीय अंग्रेजी भाषा कार्यालय (रिलो) अमेरिकी दूताबास काठमाडौका प्रमुख रोजर एफ कोहेनले विद्यार्थीहरुको ध्यान केन्द्रित गर्ने तरिका तथा बोलाइ क्षमताको विकास गर्ने क्रियाकलापहरु, रिलो विशेषज्ञ विश्वराज गौतमले बोर्ड खेलहरुको निर्माण, प्रश्न ििनर्माण र खेलको माध्यमबाट अंग्रेजी भाषा शिक्षण सिप विकास र सञ्चार सिप विकास, नेल्टा लुम्बिनी प्रदेश समिति अध्यक्ष गोपालप्रसाद वश्यालले मनोसामाजिक सिकाइ रणनीति, नेल्टा पाल्पाका अध्यक्ष कमल राज वस्यालले पेशागत विकास रणनीतिहरु, नेल्टा पाल्पाका सचिव लोकेन्द्र थापाले अंग्रेजी गल्ती सुधार गर्ने सिप विकास, नेल्टा सदस्यहरु प्रेम कुमारी थापाले अन्तरक्रियात्मक विधिका माध्यमबाट अंग्रेजी ब्याकरण शिक्षण र नेल्टा सदस्य संगिता भट्टराईले पठन सिप विकासमा कार्यशाला प्रस्तुत गर्नुभएको थियो । कार्यशालाका सबै प्रस्तुति अन्तरक्रियात्मक, सहभागितामूलक, र कक्षाकोठामा प्रयोग गर्न सहयोगी भएको सहभागीहरुले बताएका छन् ।
कार्यशालामा रिलो अधिकारीहरुलाई सम्मान गर्नुका साथै एसइइ परीक्षामा निःशुल्क शिक्षण गरेका नेल्टा सदस्यहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रम नेल्टा पाल्पाका अध्यक्ष कमलराज बस्यालको अध्यक्षता, उपाध्यक्ष हरिप्रसाद घिमिरेको स्वागत र सचिव लोकेन्द्र थापाको सञ्चालनमा सम्पन्न भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय