पाल्पा, भदाै ३१

तानसेनदेखी काठमाडौंसम्म सुविधा सम्पन्न रात्री बस सञ्चालनमा अाएकाे छ । यात्रुको सुविधालाई ध्यानमा राखेर पश्चिम नेपालले पाल्पाबाट काठमाडौं रात्री सेवामा ‘ शोफा सिटर एसी’ बस सञ्चालन हुने भएको हो । ४१ सीट क्षमता भएको उक्त सोफा सिटर बसमा, २ जना सुत्न मिल्ने सिटको समेत व्यवस्था गरिएको गाडी सन्चालक तुल्सीराम पान्डे भुवनले जानकारी दिनु भयो  ।

पश्चिम नेपाल यातायात  प्रालीद्धारा सन्चालन भएका बस तानसेन पाल्पाबाट बेलुका ७ः३० बजे तथा  सोही समयमा काठमाडौ गंगबुसपार्कबाट  छुट्ने छन । शोफा सिटर बसले धुवाँ नफाल्ने बाताबरण अनुकुलित ईन्टरनेट सुबिधा र पिउने पानीको समेत ब्यबस्था गरिएको सन्चालक पान्डेले बताउनुभयो ।

यस्तो बस पाल्पामै पहिलो पटक भित्रिएको पश्चिम नेपाल  प्राली जनाएको छ । तानसेनबाट काठमान्डौसम्म १ हजार ३ सय रुपैयाँ भाडादर कायम गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय