पाल्पा । एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति पाल्पाको दोस्रो जिल्ला परिषद रिब्दीकोट गाउँपालिकाको हार्थोकमा सम्पन्न भएको छ । परिषदमा प्रदेश परिषद प्रतिनिधि छनौट गरेको छ । जिल्ला संगठनका पदाधिकारी र स्थानीय तहका अध्यक्षहरुलाई परिषदले छनौट गरेको हो । परिषदमा दीर्घ सेवा, निवृत्त शिक्षक, बढुवा तथा नवप्रवेशी शिक्षकलाई सम्मान गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नेत्र प्रसाद पाण्डेयले पार्टीलाई २०६४ सालकै अवस्थामा पुरयाउने गरी अभियान सञ्चालन गर्ने बताउनुभयो । अब छर्लाङ्ग मार्ने योजनाका साथ पार्टी र संगठनका गतिविधिहरु सञ्चालन हुने माओवादी नेता पाण्डेले बताए । शौक्षिक तथा सामाजिक रुपान्तरणका लागि । शिक्षक र शिक्षक संगठनको भूमिका थप प्रभावकारी हुनुपर्ने पाण्डेको भनाई थियो ।
कार्यक्रम नेकपा माओवादी पाल्पाका अध्यक्ष राजेन्द्र विश्वकर्माले एकीकृत अखिल नेपाल शिक्षक संगठनले समाजवादी शिक्षाको बहस गर्नुपर्ने बताए । स्थानीय, प्रदेश र संघीयसभा शिक्षक आन्दोलनका व्यक्तिहरुले नै नेतृत्व गरेकोले आजका शिक्षकले भोलिको सम्भावनाको सपना देखेर काम गर्नुपर्ने अध्यक्ष विश्वकर्माले बताए ।

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सचिवालय सदस्य शेषनारायण चालिसेले बालशिक्षक देखि सवै प्रकारका शिक्षकहरुको समस्या समाधान गर्ने गरी शिक्षा विधेयक आउनुपर्ने बताए । गणस्तरीय शिक्षाका लागि पठनपाठन सूचना प्रविधि मैत्री बनाउन आवश्यक रहेकोले शिक्षकको आइसीटीप्रति ज्ञान सीप र क्षमता विकास गर्न सरकारले सहयोग गर्नुपर्ने चालिसेले बताए ।
कार्यक्रममा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण कार्की शौक्षिक सुधारका कार्यक्रमहरु गाउँपालिकाबाट सञ्चालन गरिएकोे बताए । गाउँपालिकालाई सुशासन कायम गर्न पछिल्ला वर्षहरुमा सफल भएको अध्यक्ष कार्कीले बताए ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका लुम्विनी प्रदेशका सचिव भानु न्यौपाने, नेपाल शिक्षक महासघ पाल्पाका सह अध्यक्ष दिपक पौडेल, नेकपा माओवादी केन्द्र बगनासकाली गाउपालिका अध्यक्ष कृष्ण भूषाल, प्रेस सेन्टर पाल्पाका अध्यक्ष कृष्ण दर्नालले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारले चासो नदेखाएकोले शिक्षा र शिक्षकका समस्या हल हुन नसकेको बताएका थिए ।
कार्यक्रम एकीकृत अखिल नेपाल शिक्षक संगठन पाल्पाका अध्यक्ष बासुदेव अर्यालको अध्यक्षता र संगठनका उपाध्यक्ष झपिन्द्र ज्ञवाली मन्तव्यबाट कार्यक्रमको सुरुवात भएको थियो । संगठनका सचिव द्रोणराज न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय