latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको रणनीतिक योजना कार्यशाला पाल्पाको तानसेनमा बिहीबार शुरु भएको छ । चेम्बर लुम्बिनी प्रदेशको भर्खरै अधिवेशन सम्पन्न भएपछी आगामी ३ बर्षका लागि कार्ययोजना तयार पार्न रणनीतिक कार्यशाला आयोजना गरिएको चेम्बरले बताएको छ ।

कार्यशालाको उदघाटन गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोसलाल श्रेष्ठले तानसेन सहित सिङ्गो पाल्पाको पर्यटन र ब्यवसायिक प्रबर्द्धनका लागि सहयोग गर्न आव्हान गर्नुभयो । स्वास्थ्य,शिक्षा र ब्यवसायका लागि तानसेन ऐतिहासिक हब हुदा हुँदै पनि पछाडी परेकोमा चिन्ता ब्यक्त गर्नुभयो । पर्यटनका दृस्टिले तानसेनमा अपार सम्भावना रहेकाले पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न आब्हान गर्नुभयो । बुटवल-पोखरा ६ लेन सडक निर्माण सम्पन्न हुदासम्म तानसेन र आसपासका पर्यट्कीय क्षेत्रमा पर्यटन पुर्बाधारहरु निर्माण गरेर लाखौं पर्यटक भित्राउन सकिने सम्भावना औल्यानुभयो । चेम्बर लुम्बिनीका अध्यक्ष टङ्क पोख्रेलले आगामी ३ बर्षभित्र लुम्बिनी चेम्बरले अन्तरास्ट्रिय, राष्ट्रिय, प्रादेशिक, जिल्ला र पालिका स्तरिय कार्यक्रम आयोजना गर्ने गरि रणनीतिक योजना बनाउने बताउनुभयो । अघिल्लो कार्यकालमा चेम्बरलाई बिस्तार गर्ने अधिकाम्स काम भएकाले अबको ३ बर्स उद्योगी,ब्यवसायीको अभिभावक संस्थाको रुपमा बिकास गर्ने बताउनुभयो । चेम्बरले तीनै तहका सरकारहरुसङ्ग सहकार्य गरेर अगाडी बढ्न चाहेको बताउदै त्यसका लागि साथ र सहयोग आवस्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै चेम्बर लुम्बिनीका वरिष्ठ उपाध्यक्ष श्रीधर महराले ब्यवसायिक हकहितका लागि चेम्बरले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । परम्परागत भन्दा भिन्न गतिविधि गरेर यसपाली चेम्बरले आफ्ना गतिबिधि गर्ने बताउनुभयो । कार्यक्रमलाई सहजीकरण गर्दै प्रशिक्षक मुकुन्द ज्ञवालीले चेम्बर लुम्बिनीले आगामी ३ बर्ष गर्न सक्ने गतिविधिलाई कसरी पृथक बनाउन सकिन्छ भन्ने बिषयमा सहजीकरण गर्दै हुनुहुन्छ । चेम्बर लुम्बिनीको सिङ्गो कार्यसमिती र विभिन्न जिल्ला र नगरकार्यसमितीका अध्यक्षहरु उपस्थित भएको कार्यशालाबाट चेम्बर लुम्बिनी र मातहतका समितिहरुले गर्ने कार्यक्रमको रणनीति बनाइदैछ । सो अवसरमा चेम्बर लुम्बिनीका महासचिब शिव ज्ञवाली,उपाध्याय जे.पि कडेलेले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय