साहित्यकार दीर्घबहादुर चन्दको दुइवटा काव्यकृतिको काठमाडौंमा लोकार्पण एवं विमर्श कार्यक्रम सम्पन्न भएको छ । कृतिकाे लाेकार्पण गर्दै प्रमुख अतिति शीत काव्यका परिकल्पनाकार एवं पाल्पा साहित्य समाजका अध्यक्ष साहित्यकार पुष्कर अथक रेग्मीले अहिलेसम्मकै लघुतम उपविधाहरूमा आगो अति सशक्त उपविधा रहेको बताउनुभयाे ।
प्रमुख अतिथि रेग्मीले सिद्धान्त र प्रयोग सहित आएको कृतिले उपविधालाई स्थापित गर्न सहयोग पुर्याउनुका साथै अन्य परिकल्पनाकारहरूको समेत चासोको विषय बनेको बताउनुभयाे । सुमन उपनामले परिचित दीर्घ बहादुर चन्द सरको अर्को कृति सप्तरंगी सुमन पनि उदाहरणीय र संग्रहणीय रूपमा आएको छ, उहाँले भन्नुभयाे । आगो द्विपदीय लघुकाव्य रहेको, नवीनतम् प्रयोग र लघुउपविधा रहेको, कृति सिद्धान्त र प्रयोग सहित आएकोले काव्य सिर्जना गर्न सजिलो हुने, कृति पढेर जो कोहीले पनि आगो सिर्जना गर्न सक्नेछन्” भनी समीक्षक चन्द्रा न्यौपानेले आगोको परिचर्चा गर्दै बताउनु भयो ।” काव्य संग्रह सप्तरंगी सुमन आफैमा सप्तरंगी इन्द्रेणी भएको र यसभित्रका विविध संग्रहहरू अर्थपूर्ण एवं सन्देशमूलक कोेशेलीको रूपमा रहनुका साथै सबैका लागि उपयोगी कृति रहेको “भनी समीक्षक दुर्गा अधिकारी भमरकोटेले बताउनुभयो ।
कृतिको सफलताका लागि साहित्यकार द्वारिका कुइकेल, पूर्व महासेनानी प्रकाजंग कार्की र विशिष्ट अतिथि पूर्व सहायक रथी तेज प्रकाश बानियाँद्वारा शुभकामना व्यक्त गरिएको थियो । कार्यक्रममा गायक तथा संगीतकारहरूद्वारा पूर्वली तथा पश्चिमेली भाकामा आगो गायन समेत गरिएको थियोे । साहित्यकार चन्दले लेखकीय मन्तव्य संगै सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । नेपाली सेनाका सेवानिवृत प्रमुख सेनानी साहित्यकार एवं आगोका परिकल्पनाकार दीर्घबहादुर चन्दको ५४ओैं जन्म दिवसको अवसरमा आगो लघुकथा सदनद्वारा नेपाली सेनाका पूर्व उपरथी शेखर सिंह बस्नेतको अध्यक्षतामा काठमाडौंमा आयोजित कार्यक्रममा स्वागत साहित्यकार सुशीला ढकाल अधिकारी र कार्यक्रम संचालन साहित्यकार पत्रकार दामोदर ढकाल दीपकद्वारा गरिएको थियोे ।