latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा, भदौ २४

नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिकाको नयाँ अंक सार्वजनिक भएको छ । नेतृत्व मिडिया प्रालिद्धारा प्रकाशित त्रैमासिक पत्रिकाको वर्ष २७, अंक २, पूर्णाङक ८ सार्वजनिक भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले पत्रकारिता क्षेत्रमा देखिएको चुनौतीलाई व्यवस्थित गर्दै लैजानुपर्ने बताउनुभएको छ । उहाँले पछिल्लो समय आर्थिक संकटसंगै पत्रकारिता क्षेत्रले पनि समस्या खेप्नु परेको बताउर्दै अहिलेको कठिन परिस्थितिलाई बुझेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । प्रविधिको विकास संगै खोज पत्रकारिता हराउर्दै गएकोले खाज पत्रकारितामार्फत सत्य र तथ्य बाहिर ल्याउनु पर्ने प्रमुख खनालको भनाइ थियो ।

समिक्षक टंकप्रसाद पन्थले पत्रिका प्रकाशनमा देखिएका चुनौतीहरुका बिच नियमित प्रकाशनमा रहेको नेतृत्व त्रैमासिक संग्रहयोग्य रहेको बताउनुभयो । उहाँले नेतृत्वको नयाँ अंकमा समेटिएका विषयबस्तु बारे जानकारी गराउर्दै पत्रिका पठनयोग्य बनाउन प्रकाशकले ठुलो मेहनत गरेको बताउनुभयो ।

कार्यक्रममा प्रगतिशील लेखक संघ पाल्पाका अध्यक्ष राम प्रसाद अर्याल, लेखक राम प्रसाद ढकाल, चक्रपाणि गौतम , अनिपाल कार्की सुप्रीम९देउडा गजलकार०, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिना नेपाल, प्रेस युनियन केन्द्रीय उपसभापति माधवप्रसाद अर्याल, सर्जक महेन्द्र पन्थी, व्यंग्यकार फणीन्द्र बस्याल, तानसेन नगरपालिका सूचना अधिकारी भरतप्रसाद आचार्यलगायतले नेतृत्वले बस्तुनिस्ठ, तथ्यपरक र प्रेरणाप्रद समावेशी सामग्रीसहित निरन्तरता पाउनुपर्ने शुभकामना व्यक्त गर्नुभयो । नयाँ अंक सार्वजनिक कार्यक्रमका अवसरमा लेखकत्रय चक्रपाणि गौतम, राम प्रसाद ढकाल र भरत आचार्यलाई सम्मान समेत गरिएको थियो ।

पत्रिकाका प्रकाश तथा सम्पादक गोविन्द भट्टराईले उद्देश्यमाथी प्रकाश पार्दै पत्रिकाको साउन अशोज अंकमा रानीमहलको विषय उठान गरिएको बताउनुभयो । उहाँले एतिहासिक तथा पर्यटकीय गन्तव्य रानीमहलको प्रचारप्रसार एवम् प्रवद्र्धनमा सघाउने मनसायले रानीमहलम परिसरमै आयोजना गरिएको कार्यक्रम पत्रिकाका स्तम्भकार तथा सर्जक सीता गौतमको अध्यक्षतामा भएको जानकारी दिनुभयो ।
सो अवसारमा लेखक र सर्जकहरुलाई सम्मान समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय