पाल्पा,भदौ ११
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले इतिहास र बिरता बोकेको भगवती मन्दिरको दुरावस्थालाई प्रदेश सरकारले आगामी बर्ष पुनर्निर्माणको लागि आवश्यक बजेट बिनियोजन गर्ने बताउनुभएको छ । मंगलबार नेपाल पत्रकार महासंघले आयोजना गरेको सम्मान तथा पुरस्कार बितरण समारोहमा बोल्दै मुख्यमन्त्री आचार्यले ब्रिटिस साम्राजलाई पराजीत गरेको महिमा बोकेको बिजय यात्रालाई महत्व दिएरै प्रदेश सरकारले जिल्ला भरी सार्वजनीक बिदा दिएको बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले पाल्पामा पर्यटनको उच्च सम्भावना भएकाले पाल्पालाई लुम्बिनी सर्किटसंग जोडेर पर्यटनको बिकास गर्ने बताउनुभयो । सर्किटले प्रदेशका १२ ओटै जिल्लालाई समेट्ने हुनाले पर्यटन बिकासमा टेवा पुग्ने उहाँको धारणा थियो ।
मुख्यमन्त्री आचार्यले प्रदेशमा मुख्यमन्त्री र मन्त्रीहरुले पालन गर्नुपर्ने आचारसंहितामा लागू गर्न सुरुवात गरेको बताउदै यसले अनावश्यक खर्च कटौती हुने बताउनुभयो । जिल्लामा एक पटक भन्दा बढी पटक जाँदा मुख्यमन्त्रीको अनुमति लिनुपर्ने ब्यबस्था गरेको बताउनुभयो ।
यो बर्ष १ अर्ब ६५ करोड बजेट प्रदेश सरकारले पाल्पाका लागी छुट्टाउनु पनि प्रदेश सरकारको उच्च प्राथमिककता पाल्पा रहेको उहाँको धारणा थियो ।
कार्यक्रममा महासंघ पाल्पाले लुम्विनी मेडिकल कलेज बाट स्थापित राष्ट्रिय पत्रकारीता पुरस्कार बाट शाखाका पुर्वहरु झपेन्द्र गहिरे र भगवान भण्डारी, मेघ गोविन्द, झपेन्द्र पत्रकारीता पुरस्कार बाट शाखाका संस्थापक सचिव भरत शर्मा, तानसेन नगरपालिका बाट स्थापित उत्कृष्ट पत्रकारीता पुरस्कार बाट पत्रकारहरु कृष्ण कार्की, यम गाहा ९मिलन० र मुक्ति न्यौपाने, जिल्ला समन्वय समिती बाट स्थापित श्रीजनशिल पत्रकारीता पुरस्कार बाट मिलन विक, कृष्ण दर्नाल र सिता डोटेल, रामपुर नगरपालिका बाट स्थापित ग्रामिण पत्रकारीता पुरस्कार बाट शुसिला रेग्मी र रमा भण्डारी, सामाजिक जागरण पत्रकारीता पुरस्कार बाट दयारात न्यौपाने र मानवअधिकार पत्रकारीता पुरस्कार बाट नारायाण न्यौपाने पुरस्कृत गरेको हो ।
यसैगरी पत्रकार महासंघ पाल्पाले लेखनबृत्ति पत्रकारीता पुरस्कार बाट विरेन्द्र घिमिरे, रामचन्द्र रायमाझी, विष्णु खनाल, कमल अधिकारी, नेत्र गैरे, रिमा सोमै, सुनिल कार्की, धन बहादुर ठाडा लाई पुरस्कृत गरेको छ । पुरस्कार छनौटको लागी सबै विधामा उप समितीहरु गठन भएका थिए । उप समितीले गरेको सिफारिसको आधारमा महासंघ पाल्पाले पत्रकारहरु लाई पुरस्कृत गरेको हो ।
पुरस्कृत पत्रकारहरु लाई लुम्विनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, बरिष्ट पत्रकार मेघराज शर्मा, लुम्विनी प्रदेश सभामुख तुलाराम घर्तीमगर, प्रदेश अर्थमन्त्री धन बहादुर कार्की स्वास्थ्यमन्त्री खेम बहादुर सारु, शाखा अध्यक्ष रेखीराम राना लगायतका अतिथीहरुले नगद, प्रमाणपत्र बाट सम्मानित गर्नुभयो । पुरस्कार वितरण कार्यक्रम महासंघका अध्यक्ष रेखीराम रानाको अध्यक्षता, उपाध्यक्ष भरत शर्माको स्वागत र सचिव यज्ञमुर्ति तिमल्सीनाको संचालनमा भएको थियो ।