latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा ,भदौ ६

नेपाल बिद्युत प्राधिकरण पाल्पा बितरण केन्द्रले आफ्नो बार्षिक कार्य बिवरण बिहिबार पत्रकार सम्मेलन गरि सार्वजनीक गरेको छ । केन्द्रले आर्थिक बर्ष २०८०र८१ मा पाल्पा बितरण केन्द्रले गरेका काम तथा गतिबिधिहरु पत्रकार मार्फत जानकारी गराएको हो ।

पाल्पा केन्द्र प्रमुख इन्जिनीयर दिलिप मरासेनीले गत आर्थिक बर्षमा ३४ करोड २९ लाख ६८हजार ६९१ रुपैयाको बिद्युत बिक्रि भएकोमा त्यस बापत ३३ करोड ६९ लाख ३ हजार ५६३ रुपैया संकलन भएको बताउनुभयो । उहाँका अनुसार उक्त रकम जिल्ला भित्रका ४० हजार ८४४ उपभोक्ता मार्फत संकलन भएको हो ।

केन्द्रले जिल्लाभरी ३० वटा नयाँ ट्रन्सफर्मर,८ वटाको क्षमता बृद्धि र ५० वटा काठको पोल फेर्ने काम सम्पन्न गरेको छ । निस्दी गाउँपालिकामा पहिलो पटक केन्द्रिय प्रशारणलाइन पुर्याई मित्यालमा नयाँ फ्युज सेबा बिस्तार गरेको छ । त्यस्तै माथागढी र तिनाउ गाउँपालिकाका बिभिन्न स्थानमा पनि केन्द्रिय लाईन जोडेको छ । तानसेन बजार भित्र नाङ्गो तार हटाई एबिसी केवल लगाइएको । ७ सय बढी काठको पोल बिस्थापित गरिएको प्रमुख इन्जिनीयर मरासेनीले बताउनुभयो । ३३ केभी झुम्सा मस्याम डुम्रे लाईन सुधार गरि भरपर्दो बनाइएको उहाँले बताउनुभयो । साथै तानसेन नगरपालिकाले लामो समयसम्म भुक्तानी गर्न बाँकी रहेको सडक बत्तीबापतको रकम तिर्ने सम्झौता समेत नगरपालिका संग भएको छ ।

जिल्लामा ५३ जना कालोसूचीमा रहेका ग्राहकबाट ८ लाख १३ हजार ५०० रुपैया उसुली गरेको छ । त्यस्तै केन्द्रले १ हजार ८६ जना ग्राहकको लाईन काटी ६ करोड ८९ लाख ९० हजार ४०५ रुपैया संकलन गरेको जनाएको छ । तानसेन खानेपानीलाई करिब ५० प्रतिशत बिद्युत महसुल छुट गराउन सफल भएको छ । कार्यालयले जिल्लाभरिमा १०५ जना कर्मचारी मार्फत सेवा प्रदान गरिरहेको छ ।
नेपाल बिद्युत प्रधिकरणको ३९ औं बार्षिक उत्सबको अवसरमा पाल्पा बितरण केन्द्र लुम्बिनी प्रदेशका जिल्लाहरु मध्ये सबैभन्दा उत्कृठ भएको थियो ।
कार्यक्रममा पत्रकारहरुले राखेका जिज्ञासाको जवाफ केन्द्र प्रमुख मरासेनीले दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय