latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

गाईजात्राको अवसरमा तानसेन नगरपालिकाले मंगलबार स्थानीय विदा दिने भएको छ । आइतार बसेको नगर प्रमुखस्तरीय बैठकबाट आईजात्राको दिन अर्थात भदौं ४ गते एक दिनका लागि स्थानीय विदा दिने निर्णय गरेको हो ।

 

नगरपालिकाकी कार्यबहाक प्रमुख प्रतीक्षा सिंजाली गाहाका अनुसार नेवार समुदायले मनाउन सुरु गरेको गाईजात्रा तानसेनमा भने सबै समुदायले मनाउने सामाजिक पर्वको रुपमा विकास भएको हुँदा सो अवसरमा स्थानीय बिदा दिने निर्णय भएको हो। विदाको दिन नगर कार्यपालिकाको कार्यालयसहित मातहतको सबै वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयसहित अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द हुने बताइएको छ ।

तानसेनमा नेवार र गैर नेवार सबै समुदायले गाईजात्रा निकाल्ने गर्दछन् । गाई वा मानिसलाई सिङ्गारी नगर परिक्रमा गराई श्रद्धालुबाट दुध, फलफूल, खुवाउने गर्नाले एक वर्षभित्र दिवङ्गत भएका आफ्नतले बैतर्णी पार गर्छन भन्ने विश्वासका साथ गाईजात्रा निकाल्ने परम्परा चलिआएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय