latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा, भदौ २
नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा निकालिने भगवती जात्रा भदाै ११ गते परेकाे छ । २ सय ५ औं भगवती जात्राकाे तयारी अन्तिम चरणमा पुगेकाे श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिले जनाएकाे छ । जात्राकाे अवसरमा पाल्पा जिल्लाभर सार्वजनिक विदा दिने प्रचलन रहेकाे छ ।

पाल्पाका तत्कालिन तैनाथवाला कर्णेल उजिर सिह थापाले युद्ध जितेको सम्झनामा सिन्दूरजात्रा गर्ने प्रचलन रहेकाे छ । नेपाली फैजले विजयी प्राप्त गरेको खुसियालीमा मनाईने जात्रालाई भगवती खट्यात्रा, भगवती जात्रा, सिन्दूरजात्रा, तथा रथयात्रा भन्ने गरिन्छ । ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन सफल भएको खुसियालीमा पाल्पा जिल्ला सदरमुकाम तानसेनमा भगवती जात्रा निकाल्ने गरिदै अाएकाे छ ।

भगव वि.सं. १८७१ मा नेपाली सेनाले अंग्रेजलाई हराएको थियो । श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजन किर्तन गरेर भाद्र कृष्ण नवमीको दिन जात्रा निकाल्ने तयारी गरिएकाे भगवती जात्रा प्रचारप्रसार समितिका संयाेजक पदम न्याैपानेले बताए । नेपाल एकीकरणको समयमा युद्धमा विजयी भए मन्दिर बनाएर सिन्दूरजात्रा गर्ने भाकल कर्णेल उजीरसिंह थापाले गरेका थिए । सोही भाकल अनुसार जीतगढीको युद्धमा विजयी भएको र जात्रा निकाल्ने प्रचलन सुरु भएको थियो ।

वि.सं. १८७६ देखि भगवति जात्रा मनाउन सुरु गरिएको भगवती गुठीका अध्यक्ष अशाेक कुमार महर्जनले बताए । उनी भन्छन्, पाँच वटा नाकाबाट नेपाल माथि भएको आक्रमणमा चार स्थानमा नेपालले हार बेहोर्नु परेपनि जितगढीको लडाईंमा अग्रेज फौजलाई नेपाली फौजले हराएको थियो । भगवती रथलाई सिन्दूर, अबिर र केशरी सहित अन्य वैदिक पुजापाठ गर्दै शहर परिक्रमा गराईएको थियो । जात्रालाई धार्मिक आस्थासँगै वीरताको संदेश दिने राष्ट्रिय पर्वको रुपमा लिँदै आईएको छ ।

रणउजिरेश्वरी भगवतीको जात्रा पश्चिम नेपालकै सबैभन्दा ठूलो जात्रा हो । जात्रामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा विभिन्न संघसंस्था र सर्वसाधारणले पहिचान झल्किने झाँकी ¥याली प्रदर्शन गर्ने कार्यक्रम रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय