![](https://seroferonews.com/wp-content/uploads/2024/08/455282334_432336353167711_1176859795964997713_n.jpg)
नेकपा एमालेबाट निर्वाचित क्षेत्र न. २ का संघीय सांसद नेता ठाकुरप्रसाद गैरे संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
संघीय संसद्,राज्यका निर्देशक सिद्धान्त समितिको बिहीबार बसेको बैठकमा सभापतिमा निर्वाचनमा उनी निर्विरोध निर्वाचित भएका हुन् ।
![](https://seroferonews.com/wp-content/uploads/2023/01/adv-6.gif)
![](https://seroferonews.com/wp-content/uploads/2023/01/adv-7.gif)
![](https://seroferonews.com/wp-content/uploads/2023/01/adv-8.gif)
यस्तै संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसकी नेत्री ईश्वरीदेवी न्यौपाने पनि निर्विरोध भएकी छन् । दुवै समितिमा १/१ जनाको मात्रै उम्मेदवारी परेको थियो । प्रतिनिधिसभा निर्वाचन भएको करिब डेढ वर्षपछि ती समितिका सभापति चयन गरिएको हो ।