latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, साउन २८

पाल्पाको तिनाउ गाउँपालिका ५ जोरधारामा हाईस दुर्घटना हुदाँ ७ जना घाईते भएका छन् । बुटवलबाट पोखरा तर्फ जादै गरेको ग २ ख १२२५ नम्बरको हाइस आज दिउँसो करिब साढे १ बजेको समयमा सडक छेउको पर्खालमा ठोक्किदा ७ जना घाईते भएका हुन् ।

दुर्घटनामा परि घाईते हुनेहरुमा पाल्पा जिल्ला तानसेन नगरपालिका १० की ३० बर्षिया लक्ष्मी कार्की, नवलपरासी सरावल गाउँपालिका ७ का ३० बर्षिय राजेश गुप्ता, सोहि स्थानका २५ बर्षिय रामु सहानी,२२ बर्षिय मेराज मन्चुरी र २९ बर्षिय दिपेन्द्र कुमार कुसहवा, स्याङ्गजा जिल्ला भीरकोट नगरपालिका ९ की ४५ बर्षिय तारापति रेग्मी र कास्की पोखरा महानगरपालिका २२ का ५० बर्षिय रमेश केसी घाईते भएको प्रहरीले जनाएको छ ।

घाईते ७ जनाको तानसेन स्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भईरहेको र सबै अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरिक्षक सन्दिप बेल्बासेले जानकारी दिनुभयो ।
हाइस चालक स्याङ्गजा वालिङ्ग ६ का शेखर कोइरालालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्यजारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय