पाल्पा, साउन २३
रामपुर नगरपालिकाले विद्यालयहरुलाई सेनिटरी प्याड सहित डिस्पोजल मेसिन वितरण गरेको छ । नगरपालिकाले मंगलबार नगर भित्रका माध्यमिक विद्यालयलाई मेसिन सहित सेनेटरी प्याड र अन्य आधारभूत तहका विद्यालयलाई सेनिटरी प्याड वितरण गरेको हो ।
नगरपालिका भित्रका १८ विद्यालयलाई डिस्पोजल मेसिन सहित सेनेटरी प्याड र अन्य ६ वटा आधारभूत विद्यालयलाई सेनिटरी प्याड वितरणा गरेको छ ।नगरपालिकाले २४ वटा विद्यालयलाई ११ हजार ६२ प्याकेट सेनिटरी प्याड र १८ वटा नष्ट गर्ने मेसिन वितरण गरेको हो । नेपाल सरकारको सशर्त अनुदान सेनिटरी प्याड व्यवस्थापन कार्यक्रम अन्तर्गत कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने १ हजार ७ सय ५६ जना विद्यार्थीहरुलाई पुग्ने सेनिटरी प्याड वितरण गरेको छ । मेसिन सहित सेनिटरी प्याड वितरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले विद्यालयमा अध्ययनरत छात्राहरुलाई महिनावारीको समयमा सहज होस भन्ने उद्देश्यले सेनिटरी प्याड वितरण गरेकोले सबै विद्यार्थीलाई आवश्यकतानुसार समान रुपमा प्रदान गर्न आग्रह गर्नुभयो । साथै उहाँले विगतका वर्षमा सेनिटरी प्याड वितरण गर्दै आएको र उक्त वितरण गरेको सेनिटरी प्याडको प्रयोग पश्चात व्यवस्थापनमा समस्या हुँदै आएकोले यस वर्ष नष्ट गर्ने मेसिन समेत वितरण गरेको बताउनुभयो ।
सेनिटरी प्याड नभई नहुने भए पनि यसको प्रयोग पश्चात सहज व्यवस्थापनका लागि डिस्पोजल मेसिन वितरण गरेको बताउनु भएको छ । सशर्त अनुदान कार्यक्रम अन्तर्गत अहिले पहिलो चरणमा माध्यमिक विद्यालयहरुलाई १/१ वटा डिस्पोजल मेसिन सहित र अन्य आधारभूत तहका विद्यालयलाई सेनिटरी प्याड वितरण गरेको र आगामी दिनमा अन्य विद्यालयलाई पनि डिस्पोजल मेसिन प्रदान गरिने रामपुर नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिनुभयो । विद्यालयको आवश्यकता र माग अनुसार यस वर्ष सेनिटरी प्याड नष्ट गर्नका लागि डिस्पोजल मेसिन वितरण गरेको उहाँले बताउनुभयो ।
सेनिटरी प्याडले छात्राहरुलाई धेरै राहत मिलेको र प्रयोग पश्चात व्यवस्थापनमा समस्या हुने गरेकोमा डिस्पोजल मेसिन पाए पछि व्यवस्थापन गर्न सहज हुने दरैठाँटी माध्यमिक विद्यालयका प्राधानाध्यापक सुन्दर प्रसाद देवकोटाले बताउनुभयो ।२४ वटा विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने १ हजार ७ सय ५६ जना छात्राहरुलाई ६/६ वटा पुग्ने गरी सेनिटरी प्याड वितरण गरेको छ । नेपाल सरकारको २० लाख रुपैयाँ अनुदान मार्फत डिस्पोजल मेसिन र सेनिटरी प्याड वितरण गरेको हो