latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, साउन २०

सञ्चारिका समूह पाल्पाकाे अध्यक्षमा सीता डोटेलको चयनभएकी छन् । समूहको उपाध्यक्षमा गुणवती के.सी.,महासचिवमा रिमा सोमै, सचिवमा रुपा थापा, कोषाध्यक्षमा बबिता बिष्टलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा प्रेरणा नेपाल, रमा भण्डारी, सिर्जना कार्की, मिना कुमाल, कुमारी सीता ज्ञवाली गौतम र पवित्रा पराजुली चयन भएका छन् ।

महिला पत्रकारहरुको साझा संस्था सञ्चारिका समूह अध्यक्षमा निर्वाचित डाेटेल यस अघि समूहको महासचिव थिइन् । ग्रामीण क्षेत्रका महिलाहरुका मुद्धाहरुमा कलम चलाउदै आएकी डाेटेल लामो समय पाल्पाको रामपुरमा रहेर सक्रिय पत्रकारिता गर्दै आएकी डोटेल छन् ।

अध्यक्षमा चयन भएसँगै पत्रकार डोटेलले सञ्चार माध्यममा महिलाका मुद्दालाई सम्बोधन गराई समतामूलक समाज निर्माणमा सक्रिय भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । भेलाले समूहको सल्लाहकारमा गीता ज्ञवाली, नेपाल  प्रेस युनियन  पाल्पाकी अध्यक्ष मन गहिरे र जमुना पाण्डेलाई चयन गरेको छ ।

जिल्ला अध्यक्ष विन्दु थापाले अध्यक्षबाट राजीनामा दिए पछि पुनः समिति चयन गरिएको थियो । सञ्चारिका समूह नेपाल लुम्बिनी प्रदेश समितिले गत महिना बसेको भेलाबाट पाल्पामा सस्थाको शाखा गठनका लागि प्रदेश सदस्य गीता ज्ञवाली, प्रेस युनियन पाल्पाका अध्यक्ष मन गहिरे र गुणवती केसी रहेको ३ सदस्यीय निर्वाचन समिति तोकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय