पाल्पा, साउन १३
सिल्खानटोल टोलबिकास संस्थाको साधारणसभा सम्पन्न भएको छ । शनिबार तानसेनमा एक भब्य कार्यक्रमकम बीच संस्थाले आफ्नो २२ औं साधारणसभा सम्पन्न गरेको हो ।
प्रमुख अतिथि तानसेन नगरपालिका वार्ड नम्बर ४ का वडा अध्यक्ष हेमन्तराज शाक्यले यस टोल बिकास संस्थाले सामाजिक क्षेत्रमा गरेका राम्रा कामहरुको प्रशांसा गर्नुभयो । अध्यक्ष शाक्यले टोल बिकास संस्थालाई अझै बढी रचनात्कम काम गर्नको लागि शुभकामना ब्यक्त गर्नुभयो । सोहि अवसरमा सिल्खानटोलले आफ्नो टोल परिवारका छोराछोरीहरुले यो बर्ष एसईई उत्तिर्ण गरेका बाबुनानीहरुलाई बधाई तथा उज्जल भबिष्यको कामना गर्दै प्रमाण पत्र र मायाको चिनो प्रदान गरेको छ । एसईई पास हुनेहरुमा प्रतिक्षा ज्ञवाली,अमिस कर्माचार्य र जेनीस थापा रहेका छन्।
कार्यक्रममा संस्थापक अध्यक्ष तथा जनप्रतिनिधी सीता बस्नेत, सल्लाहकार अजयमान कर्माचार्य, जनप्रतिनिधि भगवति दर्नाल र हरि बहादुर थापा ता न पा ४का टोल बिकास संस्थाका अध्यक्षहरु लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाकी सचिब अरुणा भट्टराईले एक बर्षको गतिबिधीको बिबरण,संस्थाकी कोषाध्यक्ष इन्दिरा दर्लामीले आर्थिक र अध्यक्ष रमा पन्तले सांगठनिक तथा भबिष्यका योजनाहरुको बारेमा बताउनुभयो ।
टोल बिकास संस्थाकी उपाध्यक्ष भुनु कुमारी बरालको स्वागत, सचिब अरुणा भट्टराईको सन्चालन र अध्यक्ष रमा पन्तको अध्यक्षतामा कार्याक्रम सम्पन्न भएको हो ।