latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, साउन १३

सिल्खानटोल टोलबिकास संस्थाको  साधारणसभा सम्पन्न भएको छ । शनिबार तानसेनमा एक भब्य कार्यक्रमकम बीच संस्थाले आफ्नो २२ औं साधारणसभा सम्पन्न गरेको हो ।

प्रमुख अतिथि तानसेन नगरपालिका वार्ड नम्बर ४ का वडा अध्यक्ष हेमन्तराज शाक्यले यस टोल बिकास संस्थाले सामाजिक क्षेत्रमा गरेका राम्रा कामहरुको प्रशांसा गर्नुभयो । अध्यक्ष शाक्यले टोल बिकास संस्थालाई अझै बढी रचनात्कम काम गर्नको लागि शुभकामना ब्यक्त गर्नुभयो । सोहि अवसरमा सिल्खानटोलले आफ्नो टोल परिवारका छोराछोरीहरुले यो बर्ष एसईई उत्तिर्ण गरेका  बाबुनानीहरुलाई बधाई तथा उज्जल भबिष्यको कामना गर्दै प्रमाण पत्र र मायाको चिनो प्रदान गरेको छ । एसईई पास हुनेहरुमा प्रतिक्षा ज्ञवाली,अमिस कर्माचार्य र जेनीस थापा रहेका छन्।

कार्यक्रममा संस्थापक अध्यक्ष तथा जनप्रतिनिधी सीता बस्नेत, सल्लाहकार अजयमान कर्माचार्य, जनप्रतिनिधि भगवति दर्नाल र हरि बहादुर थापा ता न पा ४का टोल बिकास संस्थाका अध्यक्षहरु लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाकी सचिब अरुणा भट्टराईले एक बर्षको गतिबिधीको बिबरण,संस्थाकी कोषाध्यक्ष इन्दिरा दर्लामीले आर्थिक र अध्यक्ष रमा पन्तले सांगठनिक तथा भबिष्यका योजनाहरुको बारेमा बताउनुभयो ।

टोल बिकास संस्थाकी उपाध्यक्ष भुनु कुमारी बरालको स्वागत, सचिब अरुणा भट्टराईको सन्चालन र अध्यक्ष रमा पन्तको अध्यक्षतामा कार्याक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय