तानसेन भिमसेनटाेलबाट नगदसहित नौं जना जुुवाडे पक्राउ परेका छन् । तानसेन नगरपालिका–६ भिमसेन टोलमा एक घरमा जुवातास खेलिरहेको अवस्थामा थापासहित ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा तानसेन –६ का ५२ वर्षीय नारायण कुंवर, ३२ वर्षीय सन्तोष रुचाल, ३० वर्षीय सुुमन मर्साङ्गी, ३५ वर्षीय दिपेन्द्र थापा, २४ वर्षीय रक्कीमान बज्राचार्य, ३० वर्षीय किरण सूर्यवंशी, ३० वर्षीय गणेश आचार्य र ३० वर्षीय सुजन शाक्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भिमसेनटोलको एक घरमा जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको  हो ।

पक्राउ परेका उनीहरूलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुनेसम्बन्धी मुद्दामा विहीबार ४ दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट नगद २९ हजार १ सय २५ र १ सय ६३ थान तास समेत नियन्त्रणमा लिएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय