latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

तानसेन भिमसेनटाेलबाट नगदसहित नौं जना जुुवाडे पक्राउ परेका छन् । तानसेन नगरपालिका–६ भिमसेन टोलमा एक घरमा जुवातास खेलिरहेको अवस्थामा थापासहित ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा तानसेन –६ का ५२ वर्षीय नारायण कुंवर, ३२ वर्षीय सन्तोष रुचाल, ३० वर्षीय सुुमन मर्साङ्गी, ३५ वर्षीय दिपेन्द्र थापा, २४ वर्षीय रक्कीमान बज्राचार्य, ३० वर्षीय किरण सूर्यवंशी, ३० वर्षीय गणेश आचार्य र ३० वर्षीय सुजन शाक्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भिमसेनटोलको एक घरमा जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको  हो ।

पक्राउ परेका उनीहरूलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुनेसम्बन्धी मुद्दामा विहीबार ४ दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट नगद २९ हजार १ सय २५ र १ सय ६३ थान तास समेत नियन्त्रणमा लिएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय