latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
बिहिबार , असार ११, २०८३

पाल्पा, साउन ६

गुल्मेली चेलिबेटी समुहको प्रथम साधारणसभा सम्पन्न भएको छ । शनिबार तानसेनमा बिबाह,पेशा,ब्यसाय र बसाईसराईको कारणले पाल्पामा बस्ने गुल्मेली चेलिबेटिहरुले २०८०सालमा गठन गरेको “गुल्मेली चेलीबेटी समुह”को प्रथम साधारण सभा तानसेन ४मा स्थित सत्य शाई केन्द्रको हलमा सम्पन्न गरेको हो ।

साधारणसभा ५० जना सदस्यको उपस्थितीमा संस्थाकी अध्यक्ष रमा पन्तको अध्यक्षतामा सम्पन्न भयो।
कार्यक्रममा गुल्मेली संगमका अध्यक्ष पुन्य सुबेदि ,संगमका सचिब गंगा खत्रीको समेत उपस्थिती रहेको थियो।साधारण सभामा सुभकामना दिदै गुल्मेली संगमका अध्यक्ष पुन्य सुबेदीले गुल्मेली दिदिबहिनीहरुले छोटो समयमा धेरै राम्रा र रचनात्मक कामहरु गरेर सबै गुल्मेलीहरुको सिर उचो बनाएको बताउनुभयो। साथै आगामी दिनहरुमा गुल्मेली संगम र चेलिबेटी समुह एक भएर अगाडि बढ्दा गुल्मेलीहरुको संगठन अझै बलियो हुने बताउनुभयो।

संगमका सचिब खत्रीले शुभकामना दिदै पाल्पामा बस्ने कुनै पनी गुल्मेलीलाई समस्या पर्दा गुल्मेली संगम हरहमेसा तत्पर हरेको बताउनुभयो।कार्यक्रमा गुल्मेली चेलीबेटि समुहकी सल्लाहकार धनकला गाहॉले शुभकामना मन्तब्य दिनुभएको थियो।

कार्यक्रमकी अध्यक्ष रमा पन्तले बिभिन्न कारणले पाल्पामा बसोबास गर्ने सम्पुर्ण गुल्मेली चेलिबेटीहरुले गुल्मीमा आफुले सिकेको संस्कारलाई पाल्पालीजनमा सिंचदै संस्कार र संस्कृतिहरुको संबर्धन र प्रबर्धन गर्नमा सधै एकजुट भएर लाग्नु पर्ने बताउनुभयो। उहाँले पाल्पामा बस्ने गुल्मेली चेलीबेटीहरुले कहिल्यै पनी आफुलाई एक्लो नसंझनु ।दुख सुखमा सिगो संगठन सधै साथमा रहेको बताउनु भयो। कार्यक्रम संस्थाकी सचिब केशरी बस्नेतको सन्चालन उपाध्यक्ष लक्ष्मी कंडेलको स्वागतमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय