latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पछिल्ला वर्षमा विश्व फुटबलमा अर्जेन्टिनाले एकछत्र राज गरिरहेको छ। अर्जेन्टिनाले विगतका तीन वर्षमा ४ मुख्य प्रतियोगिताको उपाधि जितेको छ। सन् २०२१ मा ब्राजिललाई हराएर कोपा अमेरिका जितेको अर्जेन्टिनाले सन् २०२२ मा फाइनालिस्सिमा जित्यो।

 

अर्जेन्टिनाले सन् २०२१ को युरोकप च्याम्पियन इटालीलाई ३–० ले हराउँदै सन् २०२२ मा फाइनालिस्सिमा च्याम्पियन बन्यो। युरोपेली फुटबलको सर्वोच्च निकाय (युइएफए) र दक्षिण अमेरिकी कन्मेबोललबीच सन् २०२१ डिसेम्बरमा भएको सम्झौता अनुसार युरोपेली च्याम्पियन र कन्मेबोलल च्याम्पियनबीच खेल भएको हो।

फुटबल विकासका लागि फरक देश, महादेश र संस्कृतिलाई एक स्थानमा ल्याउन खेल आयोजना गरिएको हो।  यसअघि पछिल्लो पटक सन् १९९३ मा युरो विजेता र कोपा अमेरिका विजेताबीच यस्तै खाले प्रतियोगिता भएको थियो।

त्यस्तै  सन् २०२२ मा कतारमा भएको विश्वकपमा फ्रान्सलाई स्तब्ध बनाउँदै च्याम्पियन बन्यो। त्यसपछि आज बिहान भएको कोपा अमेरिकामा​ कोलम्बियालाई १–० ले पराजित गरेर लगातार दोस्रो कोपा अमेरिकाको टाइटल हात पार्‍यो। योसँगै अर्जेन्टिना सर्वाधिक १६ पटक कोपा अमेरिका उपाधि जित्ने देश बनेको छ।

अर्जेन्टिनाले स्टार स्ट्राइकर डी मारियाले विश्व फुटबलबाट सन्यास लिएका छन्। उनको सुखद् विदाई गरिएको छ। कप्तान लियोनल मेस्सीको पनि यो टाइटल अन्तिम हुनेछ। उनी अब अर्को प्रतियोगितामा सहभागी नहुन सक्छन्।

सफल प्रशिक्षक स्कालोनी 

लियोनल स्कालोनी कुनै ‘हाइ प्रोफाइल’ प्रशिक्षक होइनन्। उनको खास चर्चा भएन। कतारमा अर्जेन्टिनाको विश्वकप उपाधि यात्रामा लियोनल मेसीकै सबैभन्दा धेरै चर्चा भयो।

तर, अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप उपाधि जिताउने र मेसीको सपना पूरा गर्ने पर्दा पछाडिका नायक बने। त्यसपछि उनले एक पछि अर्को सफलता हात पारे।

सन् २०१८ मा रुसमा भएको विश्वकपमा लियोनल मेस्सीको अर्जेन्टिनी टिम फ्रान्ससँग पराजित हुँदै अन्तिम–१६ बाटै बाहिरिएको थियो। त्यसपछि प्रशिक्षक जर्ज साम्पाओलीले पद छाडे।  टी–२० राष्ट्रिय टोलीको प्रशिक्ष रहका स्कालोनीले राष्ट्रिय टोलीको प्रशिक्षकका रुपमा मौका मिल्यो। यो अवधिमा उनले एक पछि अर्को सफलता पाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय