latest
बर्तुङ बहुउद्देश्यीय सहकारीको आठौँ वार्षिक साधारणसभा सम्पन्न  ||    २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||   
बिहिबार , कार्तिक २०, २०८३

पाल्पा, असार २४

प्रथम स्वतन्त्र विद्यार्थी युनियन कप २०८१ सम्पन्न भएकाे छ । स्ववियु कप २०८१ काे उपाधि ब्यवस्थापन संकाय अन्तर्गत वि.वि.ए ले हात पारेकाे छ ।

असार १६ गतेबाट सुरु भएको खेल असार २१ गते समापन गरिएकाे हाे । स्ववियु कपमा विविध १२ विधाको खेलहरू सञ्चालन भएको थियो । विधार्थीको प्रतिभा प्रस्फुटनसँगै स्वास्थ्यको कुरालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको थियो । सबै खेलहरूमा करिव चार सय विधार्थीहरू सहभागी भएका थिए । विद्यार्थीहरूको हित संगै शैक्षिक उन्नयनको क्षेत्रमा थप सशक्त ढंगले अगाडी बढ्ने सभापति कृष्ण अर्यालले बताए ।

कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख टंक भट्टराई ले स्ववियु को प्रशंसा गर्दै आगामी दिनमा यस्तै रचनात्मक कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । यस्तै वक्ताको रूपमा विद्यार्थी कल्याण प्रमुख पुष्कर आचार्य, पुर्व सभापति हरिबोल भट्टराई लगायतले बोल्र्दै यस्ता खाले कार्यक्रमले विद्यार्थी बिच सदभाव कायम राख्न सहयोग पुग्ने बताए ।

विद्यार्थीहरूलाइ शिक्षण सिकाइसँगै अतिरिक्त क्रियाकलापमा जाेड दिँदा उनीहरूकाे शारीरीक तथा मानसिक विकासमा टेवा पुग्ने बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय