latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३
गोपालप्रसाद बश्याल
पाल्पा, असार २२
वाङमय प्रज्ञा प्रतिष्ठान, पाल्पाको नियमित प्रतिभा संगम कार्यक्रमको ७१ औं श्रृंखला आज चण्डी सामुदायिक पुस्तकालय, तानसेनमा सम्पन्न भएको छ ।
कार्यक्रममा साहित्यकारहरू डा. टंक पन्थ, डा. शंकर गैरे, आर. बि. निश्चल, गोविन्द भट्टराई, गोपालप्रसाद वश्याल, धातानन्द गैरे, फणिन्द्र बस्याल, अमृत वश्याल, इन्दिरा ज्ञवाली, जानकी अधिकारी, गणेश नेपाली, गोविन्द नेपाल, राम प्रसाद अर्याल, पुरुषोत्तम अर्याल, चक्रपाणी गौतम, हरि प्रसाद भट्टराई, रोहित प्रसाद ज्ञवाली, युवराज पौड्याल, धर्मचन्द्र नेपालसहित डेढ दर्जन बढी साहित्यकारहरूले कविता, मुक्तक, गीत लगायत विधामा सिर्जना वाचन गर्नुभयो । साहित्यकारहरूले नेपालमा गिजोलिएको राजनीतिका कारण उत्पन्न विकृतिप्रति प्रहार, मानव चेतना र स्वभावप्रतिको विमर्श, सामाजिक र पारीवारिक समस्यामूलक परिस्थितिका प्रति चिन्तन, र विसंगति र विकृतिप्रति ब्यंग्य छेडिएका रचना वाचन गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष गोपालप्रसाद वश्यालको अध्यक्षतामा चलेको कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुनिल बस्यालले साहित्य सिर्जनाले समाजलाई अग्रगामी बाटो पहिल्याृउनका लागि सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा पुस्तकालयका अध्यक्ष सूर्य न्यौपानेले पठन  संस्कृतिको विकासका लागि पुस्तकालयको स्थापना गरिएको स्मरण गर्दै साहित्यिक रचनाहरूले पठनप्रति उत्प्रेरित गर्ने बताउनु भयो ।
प्रतिष्ठानका पूर्व महासचिव गोविन्द भट्टराईले वाङमय प्रज्ञा प्रतिष्ठान, पाल्पाको इतिहास र सम्पादित कार्यहरूको प्रस्तुति गर्नुभएको थियो । कार्यक्रम प्रतिष्ठानका सचिव गणेश नेपालीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा ३५ जना साहित्यकार एवम् पुस्तकालय सञ्चालकहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय