latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

काठमाण्डाैं, असार २०

नेकपा एकीकृत समाजवादीको जारी १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, महासचिव र सम्मानित नेतामा सर्वसम्मत निर्णय गरेको छ।

बिहीबार महाधिवेशन हलले अध्यक्षमा माधवकुमार नेपाल, महासचिवमा घनश्याम भूसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएको घोषणा गरेको हुन्। उनले अन्य पदहरु सचिवालयले टुङ्ग्याउने निर्णय भएको पनि सुनाए।

तर यस विषयमा महाधिवेशनअघि सचिव रहेकी रामकुमारी झाँक्रीले भने सो निर्णयमा असन्तुष्टि व्यक्त गरेकी छिन्।

लगभग २४ घण्टाको रस्साकस्सी र छलफलपछि २१ पदाधिकारीमध्ये ३ पदमा सहमति जुटे पनि बाँकी १८ पदाधिकारी र केन्द्रीय सदस्यमा सहमति जुट्न बाँकी छ । बाँकी पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, उपमहासचिव ४ र सचिव ७ गरी १८ पदमा सहमति जुटाउनुपर्नेछ ।

स्रोतका अनुसार ती पद र केन्द्रीय सदस्यहरूमा नेताहरूबिच सहमति जुटाएर शुक्रबार बिहान हलमा पढेर सुनाउने र हलबाट अनुमोदन गराउने तयारी छ ।

बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरू पनि सहमतिबाटै टुङ्गो लगाएर घोषणा गरिने नेता केशवलाल श्रेष्ठले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने छ । जसमा २१ पदाधिकारीसमेत जोडिनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय