काठमाण्डाैं, असार २०

नेकपा एकीकृत समाजवादीको जारी १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, महासचिव र सम्मानित नेतामा सर्वसम्मत निर्णय गरेको छ।

बिहीबार महाधिवेशन हलले अध्यक्षमा माधवकुमार नेपाल, महासचिवमा घनश्याम भूसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएको घोषणा गरेको हुन्। उनले अन्य पदहरु सचिवालयले टुङ्ग्याउने निर्णय भएको पनि सुनाए।

तर यस विषयमा महाधिवेशनअघि सचिव रहेकी रामकुमारी झाँक्रीले भने सो निर्णयमा असन्तुष्टि व्यक्त गरेकी छिन्।

लगभग २४ घण्टाको रस्साकस्सी र छलफलपछि २१ पदाधिकारीमध्ये ३ पदमा सहमति जुटे पनि बाँकी १८ पदाधिकारी र केन्द्रीय सदस्यमा सहमति जुट्न बाँकी छ । बाँकी पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, उपमहासचिव ४ र सचिव ७ गरी १८ पदमा सहमति जुटाउनुपर्नेछ ।

स्रोतका अनुसार ती पद र केन्द्रीय सदस्यहरूमा नेताहरूबिच सहमति जुटाएर शुक्रबार बिहान हलमा पढेर सुनाउने र हलबाट अनुमोदन गराउने तयारी छ ।

बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरू पनि सहमतिबाटै टुङ्गो लगाएर घोषणा गरिने नेता केशवलाल श्रेष्ठले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने छ । जसमा २१ पदाधिकारीसमेत जोडिनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय