latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, असार २०

तानसेन नगरपालिका पाल्पाले नगरक्षेत्रका कृषकहरूलाई निशुल्क डाले तथा बहुवर्षे घाँसका विरुवा वितरण गरेको छ । तानसेन नगरपालिकाकाे आर्थिक बर्ष २०८०/८१ काे बार्षिक कार्यक्रम अनुसार हरियो घाँस विस्तार कार्यक्रम वितरण गरिएको हाे ।

तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले घाँस वितरण कार्यक्रमले नगरपालिकाका ग्रामिण परिवेशका कृषकहरूका पशुहरूकाे दूध उत्पादन, मासु उत्पादनमा वृद्धि हुने अपेक्षा नगर सरकारले गरेको बताए । कार्यक्रमले पशुपालक किसानका पशुलाई घाँसको परिपूर्ति र पशुपालन गर्दा घाँसका बारेमा जनचेतना जगाउनका लागि बीउ वितरण गरेको बताए ।  कार्यक्रममा नगरपालिकाका उप प्रमुख प्रतिक्षा सिङ्जालीले तानसेन नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर भएको बताइन । हाल तानसेनमा करिब ३२ सय लिटर दुधकाे उत्पादन हुने गरेको बताइन् ।

कृषकहरूलाई इपिल इपिल,स्मार्ट नेपियर, रेड नेपियर, माेलाटाे/पास्पालम,राई खन्यु, किम्बु, माेरिङ्गा लगाएतका बिरुवा वितरण गरिएको तानसेन नगरपालिकाका कृषि शाखा प्रमुख सराेज तिमिल्सिनाले बताए । संघीय सरकारकाे सशर्त अनुदान अन्तर्गत रूपैयाँ २ लाख ५० हजारबाट घाँसका बिरुवा वितरण गरिएको पशु शाखा प्रमुख दान बहादुर कुँवर मगरले बताए ।

तानसेनमा अहिलेकाे तथ्यांकअनुसार झण्डै २ हजार लिटर दुध खपत हुने गरेको छ । केही मात्रामा दूध बाहिरी जिल्लामा पनि खपत हुने भएकाले नगरपालिका दुधमा आत्मनिर्भर रहेको बताइन । नगरपालिकाले वितरण गरेको घाँसबाट आगामी दिनमा पशुपालन गर्ने कृषकहरूकाे व्यवसाय थप प्रवर्द्वन हुने बताइन । कार्यक्रमकाे सञ्चालन कृषि शाखा प्रमुख सराेज तिमिल्सिनाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय