
लायन्स क्लब अफ पाल्पा तानसेनकाे अध्यक्षमा राजिव कुमार शाह निर्वाचित भएका छन् । वर्ष २०२४/२५ का लागि शाह अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् ।
नाटा पाल्पा च्याप्टरका अध्यक्ष, सन् २००९ पाल्पा जेसिजका अध्यक्ष एवम प्राध्यापक हुन् । नवनिर्वाचित अध्यक्ष शाहले क्लबले बर्ष २०२४ मा एम्बुलेन्स खरिद गर्ने याेजना बनाएको बताए । नागरिकहरूलाई सहज रूपमा एम्बुलेन्स मार्फत अस्पताल ल्याउनका लागि सहयोगी दातृ निकायकाे पहलमा एम्बुलेन्स ल्याइ सञ्चालन गर्ने याेजना बनाएको छु,अध्यक्ष शाहले भने ।



क्लबकाे प्रथम उपाध्यक्षमा किरण चित्रकार,द्वितीय उपाध्यक्षमा धिरज कुमार बज्राचार्य, तृतीय उपाध्यक्षमा विवेक काजी शाक्य,सचिवमा रविन्द्र आर्चाय,काेषाध्यक्षमा लक्ष्मण रेग्मी र सदस्यहरूमा गणेश कडेल,विरेन्द्र मिधुन,अशाेक विश्वकर्मा, अमर सुनार,साेम गहतराज,अमृत हेमचुरी,नरेन्द्र अमात्य निर्विरोध चयन भएका छन् ।
पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि चाटर प्रिसिडेन्ट लायन सागर मान महर्जनले क्लब स्थापना कालमा विभिन्न पेशामा आवद्व २१ जना युवाहरू मिलेर सुरू गरेकाे बताए । कार्यक्रमका विशिष्ट अतिथि बर्ष २०२४/२५ का एरिया चिफ लायन शशी श्रेष्ठले नयाँ निर्वाचित समितिले सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाउने गरि काम गर्न आग्रह गरिन् ।
क्लबले हामी सेवा गर्दछाै भन्ने उधेश्यले स्थापना काल देखि नै समाजमा कम अवसर पाएका व्यक्ति तथा समुदायलाई सहयोग गर्दै आएकाे छ । क्लबले तानसेन स्थित टुडिखेलमा वृक्षारोपण, विद्यार्थीहरूलाई खेलकुदका सामाग्री हस्तान्तरण, विभिन्न सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गरेको छ ।