latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, असार १४

एसईई परीक्षाको नतिजा हिजो सार्वजनीक भएको छ । नतिजाको बिषयलाई लिएर अहिले जताततै छलफल र चर्चा हुने गरेको छ । जिल्लाका ग्रामिण भेगका सरकारी बिद्यालयको नतिजा टिठ लाग्दो छ । भनेबजारका सरकारी बिद्यालयले निजी बिद्यालयलाई समेत उछिनेका छन् ।
जिल्लाको रिब्दीकोट गाउँपालिकाको नतिजा यस बर्ष खस्किएको छ । पालिकाभरी २ सय ३७ जना बिद्यार्थीले एसईई दिएकोमा जम्मा ५० जना मात्र पास भएका छन् । जुन सम्पूर्ण सहभागी बिद्यार्थीहरुको २१ दशमलभ २७ प्रतिशत मात्र रहेको छ । पालिका भरिका माद्यमिक बिद्यालयहरु माध्ये सबैभन्दा राम्रो नतिजा भवानी माबि कुसुमखोलाको रहेका छ । भवानी माबिमा १४ जनाले परीक्षा दिएकोमा ८ जना पास भएका छन्, जुन ५७ दशमलभ १४ प्रतिशत हो ।
पालिका भरिमा उत्कृष्ठ बिद्यार्थीको रुपमा आदर्श माबि देउरालीका छात्रा राशि भट्टराई बनिन उनले ३ दशमलभ ६ जीपिए प्राप्त गरिन । पालिका भरमा सरस्वती माबि खस्यौली र आदर्श माबि लघुवाले एक जना पनि बिद्यार्थी उत्तिर्ण गराउन नसकेको पालिका शिक्षा शाखा प्रमुख मणि खनालले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय