latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, असार ९

तानसेन नगरपालिकाकाे हुलाक चोकमा हाइमास्ट लाइट जडान गरिएको छ । जिल्ला प्रशासन कार्यालय अगाडी, बैंक राेडमा तानसेन नगरपालिका वडा नं. ४ काे कार्यालयले सुरक्षा संवेदनशीलतालाइ ध्यान दिएर लाइट जडान गरेकाे हाे ।

तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले हाइमास्ट लाइटकाे उद्घाटन गर्दै यस क्षेत्रमा धेरै कार्यालय तथा बैंकहरू रहेकाे र धेरै जनता लाभान्वित हुने भएकाेले लाइट जडान गरिएकाे बताए । नगर प्रमुख श्रेष्ठले तानसेनलाइ साँस्कृतिक नगर भएकाेले यहाँका सम्पदा संरक्षणमा नगर सरकारलागि परेकाे बताए । तानसेन दरबार परिसर क्षेत्रको विकास र पर्यटकको सहजताका लागि लाइट व्यवस्थापन गरिएको हाे ।

वडा गौरव योजना अन्तर्गत लाइट जाेडिएकाे हाे । लाइटले बजारको सौन्दर्य र ब्यबसाय वृद्धिमा समेत मद्दत पुग्ने बिश्वास गरिएकाे छ । १० लाखको बजेटमा लाइट निर्माण गरिएको हो। ।

तानसेन नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हेमन्तराज शाक्यले वडामा हाइ मास्ट लाइट जडानले तानसेनको पर्यटकीय बिकासमा थप सहयोग पुग्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय