पाल्पा, असार ७
शीत काव्यका चारवटा कृतिहरूकाे पाल्पामा लाेकार्पण तथा विमर्श कार्यक्रम गरीएकाे छ । देवन्द्रराज शाक्यकाे ‘धर्मी’ शीत खण्डकाव्य, दामोदर ढकाल दीपककाे ‘काव्याख्यान’ शीत उपन्यास, पुष्कर अथक रेग्मीका शीत ‘अर्घ्य’ र त्रिशूल काव्यकाे एकसाथ लाेकार्पण गरिएकाे हाे ।
शैक्षिक अभियन्ता बुद्धिप्रसाद शर्माले चार कृतिहरूकाे लाेकार्पण गर्दै उपविधाकाे लहर चलिरहेकोले यसकाे व्यवस्थापकीय र सान्दर्भीकतालाइ ध्यानमा राखेर काम गर्नुपर्ने बताएका थिए । कुनै पनि विधाकाे जन्म हुनुभन्दा पनि जन्मेको विधाकाे निरन्तर जरूरी रहेकाे भन्दै शर्माले विगतमा पाल्पाको साहित्यिक गतिविधि स्वर्णिम रहेको बिचमा शून्यता छाएको तर अहिले जागरण आएको बताएका थिए । उनले थुप्रै साहित्यकार जन्मिनु सुखद पाटाे रहेको तर गुणात्मकतातर्फ साेच्नुपर्ने भन्दै साहित्यिक पर्यटनकाे गन्तव्य पाल्पालाई बनाउने बाटामा लाग्न पाल्पाली साहित्यकारहरूला अाग्रह गरेका थिए ।
साहित्यप्रेमी समाजसेवी राजेन्द्रगाेपाल सिंहले शीत चार वर्षको शिशु अवस्थामा रहेको अवस्थामा चार कृति एकसाथ लाेकार्पण हुनु विशिष्टिकृत अवस्था भएकाे उल्लेख गरे । उनले सपना बाेक्ने मानिसहरूकाे सपनामै साहित्य रहने भन्दै साहित्यमा पुनर्लेखनकाे बेला आएकाे बताएका थिए ।
कृतिमाथि समीक्षा गर्दै पत्रकार भाेजराज भट्टराईले कृतिकारहरूकाे लगाव र प्रयासकाे संयाेजन चार कृतिमा समावेश रहेकाे बताए । साेही अवस्थामा साहित्यकार गुणवती केसीले केही शीतहरू वाचन गरिन्। पत्रकार महासंघ पाल्पाका उपसभापति भरत शर्मा, साहित्यकार डा. टंकप्रसाद पन्थ, कृष्ण केसीले कृतिकारहरूलाई शुभकामना व्यक्त गरेका थिए । साेही अवसरमा कृतिकार दामोदर ढकाल दीपकले कृति लेखनको सन्दर्भलाई प्रकाश पारेका थिए । साे अवसमा देवेन्द्रराज शाक्य, पुष्कर अथक रेग्मी दामोदर ढकाल दीपकलाई सम्मान अर्पण गरिएको थियोे ।
कार्यक्रम शीत काव्य समाज पाल्पाकी अध्यक्ष इन्दिरा ज्ञवालीकाे अध्यक्षतामा गाेविन्द खनालकाे स्वागत र सचिव सुशील बस्यालकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे हाे ।